शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली पक्ष पाखा लाग्यो, हामी क्रान्तिकारी कित्तातर्फ अघि बढ्यौं : माधव नेपाल

ओली पक्ष पाखा लाग्यो, हामी क्रान्तिकारी कित्तातर्फ अघि बढ्यौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट निष्कासित भइसकेपछि केपी ओलीसँग घुँडा टेक्न नचाहेर नयाँ पार्टी दर्ता प्रक्रियामा लागेको बताएका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट निष्कासित भइसकेपछि केपी ओलीसँग घुँडा टेक्न नचाहेर नयाँ पार्टी दर्ता प्रक्रियामा लागेको बताएका छन्। 

चन्द्रागिरी रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले  भने, ‘हामीसँग कि ओलीसँग घुँडा टेकेर बस्नुपर्ने या त क्रान्तिकारी पार्टी गठन गर्ने भन्ने दुई विकल्प रहेकाले दोस्रो विकल्प रोजेका हौं।’ उनले अब कम्युनिस्ट पार्टीमा दुई कित्ता स्पष्ट देखिएको बताए। उनले भने, ‘केपीको कित्ता एकातिर पाखा लागेको छ र हामी क्रान्तिकारी कित्तातिर अघि बढेका छौं।’

नेता नेपालले ओलीबाट आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए। उनले भने, ‘हामीलाई सबै आन्दोलनबाट विमुख बनाउने काम भइरहेको छ। हामी यसलाई चिरेर अघि बढ्नेछौं।’ 

अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठ्यारोमा हुनुहुन्छ’। पार्टी दर्ता भएको २१ दिनभित्र उहाँहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ, त्यो समयभित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्नुपर्ने कुरा हो।
उनले अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा बागमती प्रदेशकी मुख्यमन्त्री बनेको बताए। उनले भने, ‘अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठ्यारोमा हुनुहुन्छ’। पार्टी दर्ता भएको २१ दिनभित्र उहाँहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समयभित्र कता रोज्नुहुन्छ, उहाँमाथि भर पर्नुपर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’
यस्तै नेपालले अहिले अष्टलक्ष्मी शाक्य र भीम आचार्य अप्ठ्यारोमा परेको बताए। नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्य अहिले ओलीले बागमती प्रदेशको मुख्यमन्त्री बनाएका छन् भने भीम आचार्य पनि ओली पक्षतर्फ लाग्न थालेको चर्चा भइरहेको छ।

अध्यक्ष नेपालले अब पार्टीले अन्य वामपन्थी दलसँग एकता गर्दै अघि बढ्ने बताए। उनले भने, ‘वामपन्थी दलसँग चुनावी एकता पनि हुन सक्छ।’ उनले  राष्ट्रियताको संरक्षण, भ्रष्टाचार नियन्त्रण र जनताका समस्या समाधान गर्न आफूहरू केन्द्रित हुने बताए।

अध्यक्ष नेपालले पार्टीलाई वैज्ञानिक समाजवादका आधारमा अगाडि बढाउने र कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा लगिने बताए। उनले भने, ‘समाजमा रहेका विभेद अन्त्य गर्ने दिशामा पार्टी अग्रसर हुनेछ। उनले नयाँ पार्टी गठन निजी लडाइँ, पदको लडाइँ र स्वार्थको लडाइँ नभएर विचारको लडाइँ रहेको स्पष्ट पारे।

पार्टीको नाम पाउन कठिन भएकाले नेकपा एकीकृत समाजवादी राखिएको उनको भनाइ छ। उनले भने, ‘कम्युनिस्ट पार्टीको नाम पाउन कठिन छ। नेकपा राख्दा अदालतले मान्यता नदिएको थाहा पाइहाल्नुभयो।’


प्रकाशित: Aug 24, 2021| 12:54 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...