बुधबार, असार ४, २०८२

४९ वर्षमा चौथो बिहे, जेनिफरले गरिन् एयरपोर्टमै प्रेमिसँग किस

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
लन्डन– हलिउडकी हट एक्टर एवम् अमेरिकन पप गायिका जेनिफर लोपेजले केही समय पहिले पूर्वबेसबल खेलाडी एलेक्स रोड्रिग्जसँग इगेजमेन्ट गरिन्। जेनिफरले इन्स्टाग्राफ मार्फत यो कुरा सार्वजनिक गरेकी छन्।

केही दिन पहिले जेनिफर प्रेमी एलेक्स रोड्रिगेजका साथ मियामी एयरपोर्टमा देखिएकी थिइन्। एयरपोर्टमा उनीहरुलाई विनासंकोच एक अर्कालाई लिप किस गरिरहेको देख्न सकिन्थ्यो। त्यसपछि उनीहरू फरक–फरक बिमान मार्फत उडेका थिए। यतिवेला उनीहरूका लिप किस गरिरहेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। 

जेनिफर सेतो स्विटर र सेतै पाइन्टमा थिइन्। यो ड्रेसअपमा उनले आफूलाई प्रफेक्ट राखेकी छन्।

जेनिफर आफ्नो आउँदै गरेको फिल्म ‘हसलर्स’का लागि फिटनेसमा निकै ध्यान दिएकी छन्। यस फिल्ममा उनी विदेशी नर्तकीको भूमिकामा देखिने छिन्।

तीन बिहे गरिसकेकी छन् जेनिफरले

जेनिफर र रोड्रिग्जका लागि बिहे कुनै नौलो कुरा होइन। जेनिफरले पहिले बिहे १९९७ मा गरेकी थिइन्। जुन सम्बन्ध उनको एक वर्ष मात्र टिक्यो। त्यसपछि उनले २००१ म दोस्रो बिहे गरिन्। जुन सम्बन्ध दुई वर्ष टिक्यो। तेस्रो बिहे २००४ सालमा गरिन तर २०१४ सालमा आएर उक्त सम्बन्ध पनि ब्रेक हुन पुग्यो। जेनिफरका दुई बच्चा छन्। रोड्रिग्जले २००२ मा बिहे गरेका थिए। उनको २००८ मा सम्बन्ध विक्षेद भयो। उनका पनि दुई बच्चा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्