बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • शैक्षिक गुणस्तर वृद्धि गर्न खोज्दा मैमाथि आक्रमण भयो : मपवि उपकुलपति नन्दबहादुर सिंह [भिडियो अन्तर्वार्ता]

शैक्षिक गुणस्तर वृद्धि गर्न खोज्दा मैमाथि आक्रमण भयो : मपवि उपकुलपति नन्दबहादुर सिंह [भिडियो अन्तर्वार्ता]

‘मैले विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्छु भन्दा ममाथि नै आक्रमण भएको छ। अराजकता भित्रिएको छ। शिक्षामा केही व्यक्तिको स्वार्थका कारण राजनीतिकरण भएको छ। विद्यार्थीको जायज माग पूरा गर्न विश्वविद्यालय तयार छ।’
 |  मंगलबार, भदौ ८, २०७८

विपिन पोखरेल

विपिन पोखरेल

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले केही अराजक विद्यार्थी र प्राध्यापकका कारण विश्वविद्यालयमा समस्या उत्पन्न भएको बताएका छन्।  उनले अराजक विद्यार्थीले अनलाइन परीक्षा सञ्चालन गर्नुपर्ने, विश्वविद्यालयले कारबाही गरेका शैक्षिक अपराध गर्ने उपप्राध्यापकमाथि कारबाही फिर्ता गर्नुपर्ने लगायतका माग राखेर आफूमाथि भौतिक आक्रमण गरेकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न पहल गर्ने बताए। 

‘विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्छु भन्दा ममाथि नै आक्रमण भएको छ। अराजकता भित्रिएको छ। शिक्षामा केही व्यक्तिको स्वार्थका कारण राजनीतिकरण भएको छ। विद्यार्थीको जायज माग पूरा गर्न विश्वविद्यालय तयार छ।’  उपकुलपति सिंहले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किने भएकाले अनलाइन माध्यमबाट परीक्षा नलिएको र आफूले भौतिक पूर्वाधार निर्माणसँगै नयाँ विषय थप गरेर अध्ययनअध्यापन प्रभावकारी बनाइन लागेको बताए। 

उपकुलपति सिंहले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किने भएकाले अनलाइन माध्यमबाट परीक्षा नलिएको र आफूले भौतिक पूर्वाधार निर्माणसँगै नयाँ विषय थप गरेर अध्ययनअध्यापन प्रभावकारी बनाइन लागेको बताए। 

उनले आफूले समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको र त्यसमार्फत विद्यार्थीसँग वार्ता गरेर समस्या समाधान गर्न तयार भएको बताए।  उनले आफूविरुद्ध केही व्यक्तिले बनाएको नक्कली अडियोको स्पष्टीकरण दिन आफूले विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई यस विषयमा जानकारी गराइने बताए। उनले भने, ‘म विश्वविद्यालयको गुणस्तर वृद्धि गरेरै छाड्छु।' 

उनी पछिल्लो समय व्यवस्थित रुपमा अनलाइन परीक्षा सञ्चालन गरेरै भए पनि विद्यार्थीसँग वार्ता गरेर समस्या समाधान गर्ने र परीक्षाका कार्यक्रम अगाडि बढाउने पक्षमा देखिएका छन्। उपकुलपतिको मृत्युका विषयमा भ्रामक विज्ञप्तिदेखि कुलपतिको विषयलाई लिएर भएका अडियो प्रकरणसम्म बाहिर आएका छन्।

प्रकाशित: Aug 24, 2021| 12:15 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।