शुक्रबार, भदौ ५, २०८३

तीन बुँदे माग राखेर कांग्रेसका जिल्ला सभापतिले थाले धर्ना

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले तीन बुँदे माग राखेर धर्ना सुरु गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापतिहरुले मंगलबारदेखि धर्ना थालेका हुन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले तीन बुँदे माग राखेर धर्ना सुरु गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापतिहरुले मंगलबारदेखि धर्ना थालेका हुन्। 

उनीहरुले क्रियाशील सदस्यताको सूची वेबसाइटमा सार्वजनिक हुनुपर्ने, वडाबाट प्रस्तावित क्रियाशी सदस्यको नाम काटेर केन्द्रबाट थपिएकोमा त्यो संशोधन हुनुपर्ने र विधानको व्यवस्था विपरित हुने गरी तय गरिएको जिल्ला सभापति हुने व्यवस्था खारेज हुनुपर्ने माग राखेका छन्। 

‘शीर्ष नेताहरुले विवाद मिल्यो, हामी मिल्यौं भन्नुहुन्छ। तर, जीवनभर त्याग तपस्या गरेर बसेका कार्यकर्ताको अन्याय गर्न पाइन्छ? क्रियाशील सदस्यता विवादमा धर्ना बसेकाहरुलाई न्याय दिनु पर्दैन? उहाँहरु मिलेर हुन्छ?’ नुवाकोट सभापति जगदिशनरसिंह केसीले भने, ‘तत्काल क्रियाशील सदस्यको सूची वेबसाइटमा सार्वजनिक हुनुपर्छ। हामीले हेर्न पाउनुपर्छ।’ 

साउन १२ गते क्रियाशील छानविन समितिले ८ लाख ५२ हजार क्रियाशील सदस्यता रहेको प्रतिवेदन बुझाएको थियो। तर, यो एक महिनाको अवधिमा क्रियाशीलको संख्या ९ लाख पुगेको हल्ला सुनेको भन्दै त्यसमाथि प्रश्न गर्नुपर्ने स्थितिीआइपरेको उनको भनाइ छ। ‘वडा तहबाट आएको सूची काटेर केन्द्रबाट थप्ने निर्णय भएको छ। यो भनेको विधिसम्मत रुपमा पार्टी कब्जा गर्ने रणनीति हो। यसो गर्न पाइन्छ?,’ उनले भने, ‘त्यसरी थपिएको क्रियाशील सदस्यको नाम संशोधन हुनुपर्छ, हामीले हेर्न पाउनुपर्छ।’ 

उनले विधानको व्यवस्था विपरीत जिल्ला सभापति हुन आवश्यक पर्ने मापदण्ड परिवर्तन गरिएको भन्दै आपत्ति जनाए।  ‘सभापतिको निर्वाचन प्रक्रिया छ। कांग्रेसको विधानले महाधिवेशन प्रतिनिधिहरु नै जिल्ला सभापति हुनेछन् भन्ने व्यवस्था छ। तर, अहिले वैधानिक व्यवस्थालाई मिचेर एउटा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘त्यसले एक निर्वाचन क्षेत्र भएको जिल्लाका जिल्ला सभापति महासमिति सदस्य हुनै पाउँदैन। उम्मेदवार नै हुन पाउँदैन। हार्ने चाहिँ महाधिवेशन प्रतिनिधि नै हुँदैन। यो न्यायोचित हुँदैन। कार्यकर्ता लोप हुने र विलाउने खतरा छ।’

तीन वटा माग तत्काल पूरा गर्नुपर्ने माग जिल्ला सभापतिहरुले गरेका छन्। ‘आज हामी २२–२३ जना सभापतिले धर्ना दिएका छौं। सांकेतिक रुपमा एकाध घण्टा धर्नामा बस्छौं,’ केसीले भने, ‘बेलुकासम्म क्रियाशीलको सूची वेवसाइटमा आयो र अन्य माग पूरा भए भोलिदेखि धर्ना दिँदैनौं। नत्र धर्ना जारी रहन्छ।’


प्रकाशित: Aug 24, 2021| 12:01 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...