शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चन्द्रागिरीमा नेकपा (एकीकृत समाजवादी) को विधान, प्रतिवेदन र घोषणापत्रबारे छलफल जारी

चन्द्रागिरीमा नेकपा (एकीकृत समाजवादी) को विधान, प्रतिवेदन र घोषणापत्रबारे छलफल जारी

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ। बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ। बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए। उनले भने, ‘विधान, राजनीतिक प्रतिवेदन र घोषणापत्रका बारेमा छलफल सुरु भएको छ।’ श्रेष्ठले यी तीन विषयमा दिनभर छलफल हुने बताए। 

श्रेष्ठले सकेसम्म आजै छलफल सकेर फर्कने तयारीमा रहेको बताए। पार्टी दर्ताका लागि सो समहूलाई निर्वाचन आयोगले सनाखतका लागि बुधबार डाकेको छ। 

नेकपा (एकीकृत समाजवादी) को मार्गनिर्देशक सिद्धान्त मालेवाद हुने भएको छ। नेपालले केन्द्रीय सदस्य र सांसदलाई पार्टीको घोषणापत्रमा मालेवाद पार्टीको मार्गनिर्देशक सिद्धान्त हुने उल्लेख छ। ‘पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो,’ घोषणापत्रमा भनिएको छ।

सोमबार चन्द्रागिरि रिसोर्टमा केन्द्रीय सदस्य र सांसदलाई अध्ययनका लागि भन्दै पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको थियो। ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत् नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ’ घोषणापत्रमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ।’

नयाँ पार्टी दर्ताका लागि माधवकुमार नेपालको साथ छाडेका नेताहरूले केपी ओलीसँग वार्ता गरेपछि नेपालले वार्ता र सहमतिको छलकपटपूर्ण समाचारबाट भ्रममा नपर्न अपिल गरेका छन्। उनले भनेका छन्, नयॅा कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटकपटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचार सार्वजनिक भएका छन्।’

उनले यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपिल गरेका छन्। 

एमाले स्थायी कमिटी बैठक अपराह्न ३ बजेका लागि डाकिएको छ। बैठकमा नेपालको साथ छाडेका नेताहरू पनि सामेल हुने भएका छन्।


प्रकाशित: Aug 24, 2021| 11:32 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...