शनिबार, चैत ११, २०७९

संघीय सरकारको बजेटमा प्रदेश ५...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
भैरहवा – साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्यसहित बुधबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/०७७ को बजेटले मुलुकका ७ वटा प्रदेशलाई कसरी सम्बोधन गरेको छ भन्ने विषयमाथी सबैको ध्यान तानेको छ। 

७ वटा प्रदेश मध्ये प्रदेश नं ५ मा सरकारले खासगरी ठूला आयोजना लक्षित बजेट व्यवस्थापन गरेको छ।

१५ खर्ब ३२ अर्ब ९४ करोड ९१ लाख रुपैयाँसहित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको बजेटमा प्रदेश नं ५ का आयोजनालाई प्राथमिकता दिइएको छ।

बजेटमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ। यसैगरी तिलौराकोट, लुम्बिनी, देबदह र रामग्राम क्षेत्रलाई समेटी बृहत लुम्बिनी एकिकृत विकास गुरुयोजना तर्जुमाको लागि बजेट विनियोजन गरिएको छ। यसले सरकारको बृहत्तर लुम्बिनी गुरुयोजना समयमै बनाउन भूमिका खेल्नेछ। त्यसैगरी प्राध्यापक केन्जो टांगले ४० वर्ष अगाडि बनाएको लुम्बिनी गुरुयोजनाअनुसार काम सम्पन्न गर्नकोलागि सरकारले आगामी वर्षकोलागि १ अर्ब रकम बिनियोजन गरेको छ।

समृद्ध तराई मधेश सिँचाई विशेष कार्यक्रम अन्तर्गत १६ करोड रकम बिनियोजन भएको छ। यसैगरी राप्ती कपिलवस्तु सिँचाई आयोजनाको सम्भाव्यता अध्ययनको लागि पनि बजेट व्यवस्थापन भएको छ। 

बाँकेमा शुसील कोइराला क्यान्सर अस्पताल, तिलोत्तमा नगरपालिकामा शिलन्यास भएको प्रदेश स्तरीय मेडिकल कलेज, बुटवलमा निर्माणाधिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र लगायतका आयोजनाहरुकालागि पनि बजेटमा प्राथमिकतामा दिइएको छ। यसैगरी कालीगण्डकी तिनाउ डाईभर्सन आयोजना, सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान सडक मार्गको जोखिम कम गर्न सुरुङमार्ग निर्माणका लागि डिपीआर तयार गर्ने र कार्यप्रारम्भ गर्ने समेत कार्यका लागि एक अर्ब रकम बिनियोजन गरिएको छ। 
 
५ नंं प्रदेशमा नयाँ कृषि अनुसन्धान केन्द्र स्थापना, पाल्पा जिल्लामा मौसम मापन उपकरण (मौसमी राडार) जडान, ऐतिहासिक जितगढी किल्लाको संरक्षण, रुपन्देहीको मोतिपुर र बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र निर्माणकार्यमा तिब्रता तथा बुटवल बेलहिया र कोहलपुर जमुनाहलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्ने योजना पनि बजेटमा समेटिएका छन्।

त्यस्तै नवलपरासीको धौबादीबाट फलाम उत्पादन सुरु गरिने, भैरहवा र नेपालगन्जमा अन्तर्राष्ट्रिय चेकपोस्ट स्थापना, नौमुरे बहुउदेश्यीय आयोजना सुरु, बुटवल देखि गोरखपुर अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माण, बुटवल नारायण सडक खण्डको निर्माण कार्यमा तिब्रता दिँदै पूर्व र पश्चिम खण्डको डिपिआर सम्पन्न गरि निर्माणकार्य आरम्भ गरिने उल्लेख गरिएको छ।

त्यसैगरि कालिगण्डकी कोरिडोरको निर्माणलाई तिब्र बनाइने, बुटवल पोखरा सडक (सिद्धार्थ राजमार्ग) लाई स्तरोन्नती गरी डेडिकेटेड डबल लेनको बनाइने बजेटमा उल्लेख छ। त्यस्तै कक्रहवा लुम्बिनी रामपुर सडक निर्माण, हुलाकी राजमार्गका बांकी खण्ड निर्माणमा तिब्रता, रुपन्देहीसँग भारतीय सीमा जोड्ने प्रमुख व्यापारिक नाकाहरुलाई पूर्व पश्चिम राजमार्गसँग जोडी औद्योगिक कोरिडोर व्यापार मार्ग विस्तार, इटहरी निजगढ बुटवल कोहलपुर जोड्ने रेल लाइन निर्माण कार्य अगाडि बढाइने उल्लेख गरिएको छ।

प्रस्तुत बजेटमा प्रदेश राजधानीमा सवारी साधनको फिटनेस परीक्षण केन्द्र स्थापना, बुटवल सिद्धार्थनगर र नेपालगन्ज कोहलपुरलाई मेघा सिटीमा विकसीत गर्न गुरुयोजना बमोजिम पूर्वाधार निर्माणको कार्यलाई बजेटमा प्राथमिकता दिइएको छ। यसैगरी मेघा सिटी निर्माण, भैरहवामा सुख्खा बन्दरगाह निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।