शनिबार, असोज ६, २०८०

शक्तिशाली बन्‍न बालकको निमर्मतापूर्वक हत्या

 |  आइतबार, पुस १६, २०७४
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

sagarmatha cement
जनकपुरधाम– धनुषाको मिथिला नगरपालिकामा एक बालकको निर्ममतापूर्वक हत्यासम्बन्धी घटनाको गाँठो प्रहरीले सुल्झाएको छ। मिथिला नगरपालिका–६ बस्ने शम्भुकुमार साहको साढे दुई वर्षको आर्यन भन्ने समिरकुमार साहको हत्यासम्बन्धी घटनाको रहस्य प्रहरीले पता लगाएको हो।

साढे २ वर्षीय आर्यनलाई आफू शक्तिशाली बन्ने सोचका साथ स्थानीय ५५ वर्षीय शत्रुध्न महतोले गरेको प्रहरीले जनाएको छ। बालक हत्या गरेको आरोपमा प्रहरीले महतोलाई पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ। पक्राउ परेका महतोले आफूलाई धामी भन्ने गरेको प्रहरीले जनाएको छ।

गएको वैशाख २३ गते घरबाट हराएका आर्यनको शव २४ वैशाखमा स्थानीय कृष्णानन्द महतोको बारीमा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरेको थियो।

अनुसन्धानको क्रममा धामी सिक्दै गरेका छिमेकी महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको छ। धामी झाँक्रीमा आफू शक्तिशाली बन्ने अन्धविश्वसाका कारण महतोले बालक आर्यनको बली दिएको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा धनुषाका एसपी शेखर खनालले बताए।

महतोलाई पक्राउ गरेको झण्डै तीन सातापछि प्रहरीले विहीबार सार्वजनिक गरेको हो। वैशाख २३ गते साँझ आमा रेणुदेवी घाँस काट्न गएको मौका छोपी महतोले आर्यनलाई फकाइ अपहरण गरेका थिए। त्यसै रात महतोले करिब २ बजे सिद्धि प्राप्त गर्ने अन्धविश्वासमा आफ्नै आँगनमा धारिलो हतियार प्रयोग गरी आर्यनको घाँटी रेटी हत्या गरेका थिए। महतोको घरपरिवारका अन्य सदस्यहरू बाहिर गएको र घरमा कोही नरहेको मौका छोपी बालकको बली दिएको अनुसन्धानबाट खुल्न आएको एसपी खनालले बताए।

आर्यन बिरामी हुँदासमेत महतो झारफुक गर्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका महतोको घर आर्यनको घरभन्दा करिब सय मिटरको दुरीमा छ। आर्यनका बुबा वैदेशिक रोजगारमा छन्। बालक हत्यामा प्रयोग गरिएको घरेलु हतियार र लुगाकपडासमेत प्रहरीले बरामद गरेको छ।

बालकका हजुरबुबा पिताम्बर साहले महतोविरुद्ध दिएको किटानी जाहेरीको आधारमा कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्