सोमबार, चैत ३०, २०८२

चेल्सी युरोपा लिग च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्ग्लिश क्लब चेल्सीले आफ्नो चिरपरचित क्लब आर्सनललाई पराजित गर्दै युइएफए युरोपा लिग फुटबलमा च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा चेल्सीले आर्सनललाई ४-१ गोलले पराजित गर्दै लिगको च्याम्पियन बनेको हो।  

चेल्सीको जितका लागि इडेन हजार्डले दुई तथा ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गर्दा एलेक्स इओबीले एक गोल फर्काएका थिए । पहिलो हाफमा गोलरहित बराबरी खेलेको खेलको दोस्रो हाफमा खेलमा ५ वटै गोल सम्भव भएका थिए । खेलको ४९ औं मिनेटमा ओलिभरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । 

त्यसपछि खेलको ६० औं मिनेटमा पेड्रो रोड्रीगेजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गर्दै ३-० को अग्रता दिलाउँदा त्यसको ४ मिनेट नबित्दै आर्सनलका एलेक्सले गोल गर्दै टोलीलाई खेलमा फर्काउनले प्रयास गरेका थिए । तर, ७२ औं हाजार्डले चेल्सीका लागि व्यक्तिगत दोस्रो गोल गर्दै युरोपा लिग च्याम्पियन बनाए। 

चेलसीको जर्सीमा सम्भवत हाजार्डमो यो अन्तिम खेल हुने छ । चेलसीमा ७ वर्ष बिताएका उनी अर्को सिजन स्पेनिस क्लब रियल मड्रिडबाट ला लिगामा देखिने सम्भावना छ । यसजितसँगै चेल्सीले तेस्रो पटक युरोपा लिगको उपाधि हात जितेको छ । यसअघि सन् २०१२ र २०१३ मा चेल्सीले युरोपा लिगको उपाधि जितेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।