सोमबार, चैत ३०, २०८२

अमित र दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा पुलिस विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा प्रदेश नम्बर १ लाई ७५ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।

पुलिसले दिएको १ सय ८६ रनको मध्यम लक्ष्य पछ्याएको प्रदेश १ ले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११० रन बनाउन सक्यो । प्रदेश १का लागि सन्नी पुनले २७ रन जोडे । 

त्यस्तै मनिस थापाले १९, दिपेश कँडेलले १५, फिर्दोस अन्सारीले १२ र पुष्प थापाले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ललित राजवंशीले तीन तथा आरिफ शेख र सागर ढकालले एक एक विकेट लिए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३.१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले शतकीय पारी खेलेका थिए । उनले ११८ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १०६ रनको शतकीय पारी खेलेका हुन् । 

त्यस्तै ३८ बलमा ३ चौका सहित कुशल भुर्तेलले २४, मन्जीत श्रेष्ठ र रामनरेश गरीले समान ११-११ तथा पवन सराफले १० रनको योगदान दिए । प्रदेश १ का लागि फिर्दोस अन्सारी, सिदान्त लोहनी, कमल खत्री, पुष्प थापा र दिपेश कँडेलले दुई दुई विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।