एजेन्सी- स्पेनिस ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । भाल्भर्डेलाई पदबाट बर्खास्त गर्ने तयारी गरेसँगै बार्सिलोनाले उनको विकल्पको खोजीमा रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।
च्याम्पियन्स लिग अन्तरगत बार्सिलोना सेमिफाइनलबाट बाहिरिएसँगै भाल्भर्डेमाथी क्लबले प्रश्न उठाएको थियो । उक्त समय प्रशिक्षक भाल्भर्डे र काउटिन्होको प्रदर्शनलाई लिएर धेरैले टिकाटिप्पर्णी समेत गरेका थिए । च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले ३-० को अग्रता बनाएको थियो । तर, दोस्रो लेगमा लिभरपुलविरुद्ध ४-० ले पराजित हुँदै फाइनल बाहिरिएको थियो ।
कोपा डेल रेको फाइनल खेलमा भ्यालेन्सियासँग पराजित हुँदै उपाधिबाट बन्चित भएपछि भाल्भर्डेलाई पदबाट बर्खास्त गर्ने तयारी झनै प्रवल रहेको हो । त्यसैले पनि यतीबेला बार्सिलोनाले उनको विक्लपको रुपमा आठ जना प्रशिक्षकलाई हेरेको छ ।
बार्सिलोनाले मुख्य विकल्पको रुपमा माउरिसिओ पोचेटिनो हेरेको थियो । तर माउरिसिओले बार्सिलोनाको प्रस्ताव अस्विकर गरेको रिपोर्टले जनाएको छ । अहिले रोवर्टो मार्टिन्जेलाई भाल्भर्डेको मुख्य विकल्पको रुपमा हेरेको छ । त्यस्तै कुइकी सेटिएन, मासिमिलियानो एलेग्री, रोनाल्ड कोइम्यान, एरिक टेन हाङ, जोआचिभ लो र लुइस एन्रिकुइलाई भाल्भर्डेको विकल्पकव रुपमा हेरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४