आइतबार, साउन २४, २०८३

रामोसले रियलल छोड्न चाहनुका दुई कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- रियल मड्रिडका स्टार खेलाडी सर्जिओ रोमोसले क्लब छेड्न चाहनुका दुई मुख्य कारण बाहिरिएका छन् । रियलका कप्तान समेत रहेका रामोसले क्लबका अध्यक्ष तथा सम्झौका विषयलाई कारण बनाउँदै रियल छोड्न चाहेको खुलाएको हो । 

रोमोसको रियल छोड्ने हल्ला चलेसँगै उनी म्यानचेस्टर युनाइटेड, लिभरपुल अथवा चाइनिज सुपर लिग क्लबसँग नजिक रहेको बताइएको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रामोस बाहिरिने विषय वास्तविक हुन सक्ने समेत बताएका छन् । 

‘उनले क्लब छोड्न सक्ने छन् । तर, विना हस्ताक्षर मुल्यमा । किनकी चीनमा स्थानान्तरण शुल्क धेरै गाह्रो छ ।’ पेरेले भने, ‘आफ्नो कप्तानलाई सस्तैमा जननदिन पनि सम्भव छैन् । यो एक खराव सम्झौता हुने छ ।’

रामोसको पछिल्लो समय पेरेजसँग चिसिएको सम्बन्ध एउटा कारण रहेको छ भने अर्को कारण सम्झौता रहेको छ । उनको सम्झौता रियलमा सन् २०२१ सम्मका लागि रहेको छ । ३३ वर्षका रामोसको सन् २०२१ सम्म रहेको सम्झौता त्यसपछि नविकरण हुने वा नहुने कुनै टुङ्गो छैन् । त्यसैले पनि उनी क्लब छोड्ने मनसायमा रहेको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।