एजेन्सी- साई होपको शतकको मद्दतले वेस्टइन्डिजले न्युजल्यान्डलाई ४ सय २२ रनको विशाल लक्ष्य सुम्पेको छ । मंगलबार भएको विश्वकप वार्मअप खेलमा वेस्टइन्डिजले न्युजल्यान्डलाई ४ सय २२ रनको लक्ष्य सुम्पेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित ४९.२ ओभरमा सबै विकेट गुमभाउँदै ४ सय २१ रन बनाएको थियो । वेस्टइन्डिजका लागि साई होपले १०१ रनको शतकीय पारी खेले । उनले ८६ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतकीय पारी खेलेका हुन् ।
त्यस्तै आन्द्रे रसेल र एभिन लेविसले अखर्धशतकीय पारी खेले । रसेलले निकैनै आक्रमक ब्याटिङ गर्दै म्ँत्त २५ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५४ रनको अर्धसतकीय पारी खेलेका हुन् । लेविसले ५४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे ।
कप्तान जेसन होल्डरले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन जोडे । क्रिस गेलले २२ कलमा ४ चौका र ३ छक्का सहित ३६ रन जोड्दा हिमरोन हेटिमरले २७, ब्राभोले २५, कार्लोस बार्थवोटे २४ र आश्ले नुर्सेले २१ रनको योगदान दिए ।
न्युजल्यान्डका लागि ट्रेन्ट बोल्टले चार तथा माट हेन्रीले दुई विकेट लिए । त्यस्तै जेम्स नीशाम र मिचिल सान्टनरले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४