सोमबार, चैत ३०, २०८२

आयाक्स कप्तानका लागि युनाइटेडको मोटो रकमको प्रस्तव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आयाक्सका कप्तान म्याथिज डि लिटलाई अनुबन्ध गर्न मोटो रकमको प्रप्ताव गरेको छ । रिपोर्टका अनुसार युनाइटेडले म्याथिजलाई वार्षीक १४ मिलियन युरो तलब भत्ता दिने गरि प्रस्ताव गरेका बताइएको छ ।

National life

उनलाई अनुबन्ध गर्न यतिबेला स्पेनिस ला लिगा च्याम्पियन क्लब बार्सिलोना पनि कसरतमा छ । म्याथिजका लागि बार्सिलोनाले ७० मिलियन युरो तिर्न तयार रहेको बताइएको छ । तर, उनका एजेन्ड मिनो राइलोले अझै बढी रकमको माग गरेका छन् । मिनोले म्याथिजलाई बार्सिलोनासँग अनुबन्ध गर्न चाहेको बताएका छन् । तर, बार्सिलोलाने उनका लागि सुहाउँदो रकमको प्रस्ताव नगरेको बताएका छन् ।

यस सिजन आफ्नो टोलीलाई दुई वटा घरेलु लिगको उपाधि दिलाउन म्याथिजले महत्वपूर्ण भुमिका खेलेका थिए । उनकै कप्तानीमा रहेको आयाक्सलाई यस सिजन च्याम्पियनस लिगको सेमिफाइनलसम्म पुर्याउन समेत महत्वपूर्ण भुमिका खेलेका थिए ।

१९ वर्षीय म्याथिजले आफ्नो उत्कृष्ट डिफेन्डीङका साथ साथै एक कुसल कप्तान भएको समेत सावित गरिसकेका छन् । त्यसैले युनाइटेड म्याथिजलाई अनुबन्ध गर्दै फेरी एकपटक प्रतिस्पर्धाका लागि आफ्नो टिमलाई बलियो बनाउन चाहन्छ । युनाइटेड उनका लागि बार्सिलोना भन्दा एक कदम अगाडी बढ्दै मोटो रकमको प्रस्ताव गरेको बताइएको हो ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।