बुधबार, असार ४, २०८२

करण र प्रबलबीचको सम्बन्ध यस्तो

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं – बलिउडका प्रोड्युसर करण जोहर र अमेरिकास्थित नेपाली डिजाइनर प्रबल गुरुङ प्रेम सम्बन्धमा रहेको गसिपले बलिउडमा तहल्का मच्चाई रहेको छ। कारण, गत मे २५ मा करण जोहरको ४७ औं जन्मदिनमा प्रबलले ‘प्यार किया तो डरना क्या, ह्याप्पी बर्थ डे’ लख्दै  सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएका थिए।

सोही कारण उनीहरुबीच प्रेम सम्बन्ध रहेको हल्ला चल्न थालेको थियो। प्रबल गुरुङले सोमबार (आज) सामाजिक सञ्जालमा ट्वीटरमार्फत उनी र करणबीच कुनै प्रकारको प्रेम सम्बन्ध नरहेको जानकारी दिएका छन्। उनले करणलाई सदैव आफ्नो गुरू, मेन्टर र मिल्ने साथी रहेको बताएका छन्।

गुरुङले गत ५ वर्षदेखि नाम नखुलाएकी प्रेमिकासँग सुखद प्रेम सम्बन्ध रहेको पनि जानकारी दिएका छन्। मिडियाले केही लेख्नु र छाप्नु अघि २ पटक सोच्न उनले आग्रहसमेत गरेका छन्। 
 

No, I am not dating ⁦@karanjohar⁩ He is my dearest friend, mentor, buddy and a big brother. Pls. Kindly read the attachement with my statement and hopefully we can lay it all to rest. Wish you all nothing but the best and love XPG pic.twitter.com/I5UQkIt2fx

— Prabal Gurung (@prabalgurung) May 26, 2019
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्