सोमबार, चैत ३०, २०८२

कीर्तिमानीबाट चुकेको बार्सिलोना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा च्याम्पियन क्लब बार्सिलोना कीर्तिमानी रच्नबाट चुकेको छ । शनिबार रती भएको स्पेनिस कोपा डेल रेको उपाधि भिड्न्तमा भ्यालेन्सियासँग पराजित भएपछि बार्सिलोना कीर्तिमानी रच्नबाट चुकेको हो । 

यसअघि लगातार ४ पटक स्पेनिस कोपा डेल रेको उपाधि जितेको बार्सिलोना भ्यालेन्सियालाई पराजित गर्दै लगातार ५ पटक उपाधि जित्दै क्लबको नयाँ कीर्तिमान रच्ने दाउमा थियो । तर, बार्सिलोनाले भ्यालेन्सियासँग जित निकाल्न नसक्दा कीर्तिमान अधुरै रहेको हो । कोपा डेल रेको उपाधि रियल मड्रिड र एथ्लेटिको बिल्बाओले पनि लगातार ४ पटक जितेका छन् । 

उपाधि भिडन्तमा बार्सिलोना भ्यालेन्सियासँग २-१ ले पराजित भएको हो । पहिलो हाफमा २-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा भने १ गोल मात्र फर्काएको थियो । खेलको २१ औं मिनेटमा केभिन गेमिरोको गोलबाट भ्यालेन्सियाले सुरुवाती अग्रता लिएको थियो । 

त्यस्तै ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियालाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए । ७३ औ मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर, थप गाल गर्न नसक्दा बार्सिलोना सिजनको उपाधिसँग कीर्तिमान रच्नबाट चुकेको हो । 

बार्सिलोनाले स्पेनिस कोपा डेल रेको उपाधि सर्वाधिक ३० पटक पजतेको छ भने एथ्लेटिको बिल्बाओले २३ र रियल मड्रिडले १९ पटक उपाधि जितेका छन्। यता उपाधि विजेता भ्यालेन्सियाले ८ पटक स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।