सोमबार, चैत ३०, २०८२

प्रदेश ३ माथि एपीएफको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले विजयी सुरुवात गरेको छ । शनिबार टियु मैदानमा भएको खेलमा प्रदेश ३ लाई ४१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

एपीएफले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर मात्र २ सय ४७ रन बनाउन सक्यो । प्रदेश ३ का लागि उपकप्तान ज्ञानेन्द्र मल्लको शतक प्रहार गरेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । मल्लले १११ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गर्दै १ सय १७ रन जोडेका थिए । 

त्यस्तै कप्तान पारस खड्का अर्धशतक बनाउनबाट मात्र ४ रनले चुके । उनले ४५ बलमा ४ चौका र २ छक्का पहार गर्दै ४६ रनको योगदान दिएका थिए । त्यस्तै ओपनर रित गौतमले २७, सोनु देबकोटाले १५ र ईशान पाण्डेले १२ रन बनाउनु बाहेक अन्यले दोहरो अंकमा रन छुन सकेनन् । एपीएफका लागि कमल सिंह ऐरीले तीन विकेट लिँदा अविनास बोहराले दुई तथा पृथु बास्कोटा र भुवन कार्कीले एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको एपीएफले ५० ओभर ९ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो । एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय पारी खेलेका थिए । एपीएफका लागि सुमितले ९४ रनको योगदान दिएका थिए । 

उनले १०३ बलको सामना गर्दै ५ चौका र ६ छक्का प्रहार गरेका थिए । पृथुले ५८ बलको सामना गर्दै ३ चौका र १ छक्कासहित ५९ रन जोडे । यस्तै प्रदीप सिंह ऐरीले ४० रन जोड्दा अमर सिंह रौटेलाले अविजित २७ रन बनाए । प्रदेश ३ का लागि नन्दन कुमार यादव र जितेन्द्र ठकुरीले ३-३ तथा पारस खड्का र सुर्य यादवले एक एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।