आइतबार, साउन २४, २०८३

पिएसजीको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फ्रेन्च लिग वान च्याम्पियन पेरिज सेन्ट जर्मन (पिएसजी)ले सिजनको आफ्नो अन्तिम खेलमा रिम्ससँग लज्जासपद हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा पिएसजी रिम्ससँग ३-१ को अज्जासपद हार ब्यहोरेको हो ।

रिम्सका लाई घरेलु मैदानमा जित दिलाउन बाबा रहमान, माथ्यु काफारो र पाब्लो चाभारियाले एक एक गोल गरे । यता पाहुना टोलीका लागि युवा स्टार खेलाडी केलियन एमबाप्पेले एक गोल फर्काए । 

पिहलो हाफमा १-० गोल अन्तरले पछि परेको पिएसजीले दोस्रो हाफमा एक गोल गर्दा थप दुई गोल खान पुग्यो । खेलको ३६ औं मिनेटमा बाबा रहमानले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५६ औं मिनेटमा काफारोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । 

५९ औं मिनेटमा एमबाप्पेले एक गोल फर्काउँदै खेलमा फर्किले संकेत दखाए पनि थप पाहुना टोलीले थप गोल गर्न सकेन् । खेलको इन्जुरी समयमा घरेलु टोलीका लागि पाब्लो चाभारियाले गोल गर्दै पिएसजीलाई अन्तिम खेलमा ३-१ को लज्जासपद हारको स्वाद चखाए । 

रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेको यस सिजन २९ खेलमा ३३ लिग गोल पुगेको छ । यससँगै एमबाप्पे यस सिजन फ्रेन्च लिगमा सर्वाधिक गोल गर्ने खलाडी बनेकाछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।