सोमबार, चैत ३०, २०८२

सुआरेजको स्थानमा लिभरपुलका ओरिगी भित्र्याउने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले लिभरपुलका स्ट्राइकर डिभोक ओरिगीलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।  रोपोर्टका अनुसार बार्सिलोनाले आफ्ना स्ट्राइकर लुइस सुआरेजको स्थानका लागि ओरिगीलाई अनुबन्ध गर्ने तयारी गरेको हो । 

बार्सिलोनाले अर्को सिजन सुआरेजको ब्याकपको रुपमा ओरिगीलाई अनुबन्ध गर्न चाहेको रिपोर्टमा उल्लेख छ । बेल्जियम स्ट्राइकर ओरिगीले प्रशिक्षक जुर्गन क्लोपसँग सुरुवाती टोलीमा पर्न संघर्ष गरिरहेका छन् । 

तर, उनले २०१८-१९ को सिजनमा लिभरपुलका लागि केही महत्वपूर्ण गोल गरेका छन् । उनले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनासँगको सेमिफाइनल खेलमा महत्वपूर्ण २ गोल गरेका थिए । उक्त खेलमा लिभरपुलले बार्सिलोनामाथी ४-० को अविश्वसनिय जित निकालेको थियो । 

उनले न्युकास्टलविरुद्धको खेलमा विजयी गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा मोहमद सलाहाको स्थानमा मैदान प्रवेश गरेका ओरिगीले ८६ औं मिनेटमा गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाएका थिए । 

ओरिगीको प्रदर्शन देखेर बार्सिलोना प्रभाबित भएको बताइएको छ । त्यसैले उनलाई सुआरेजको स्थानमा ब्याकअपको रुपमा अनुबन्ध गर्न चाहेको बताइएको छ । २४ बर्षीले ओरिगी सुआरेजको ब्याकअपको रुपमा उत्कृष्ट रहेको फुटबल विश्लेसकहरुले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।