एजेन्सी- यतिबेला वेल्स तथा रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेलको भविष्य अन्यौलमा रहेको छ । यसै सिजनको लगभगद अन्त्य तिर जिनेदिन जिदान पुनः प्रशिक्षकको रुपमा क्लबमा अनुबन्धित भएपछि बेलमो भविष्य अन्यौल भएको हो ।
जिदानसँगको मनमुटावका कारण उनी अर्को सिजन आफ्नो योजनामा नरहेको जिदानले यसअघि नै बताई सकेका छन् । जिदानको नयाँ सिजनको योजनामा बेल नहुने यसअघिका तीन खेलको नतिजाले प्रस्ट पारी सकेको छ । अर्को तिर बेलको उच्च मुल्यका कारण युरोपका अन्य क्लबले पनि उनलाई अनुबन्ध गर्न सकिरहेका छैनन् ।
३० वर्षीय बेल यकातिर प्रशिक्षकको योजना भन्दा बाहिर छन् भने अर्कोतरि उनालई अन्य क्लबले अनुबन्ध गर्न सकिरहेका छैनन् । यस्तो अवस्थानमा के बेल बेन्चमा बस्लान्? यो धेरै जसो फुटबल विज्ञहरुको चासो विषय बनेको छ । तर, बेल आफैले यसको उत्तर दिएका छन् ।
‘रियलमा मेरो अनुबन्ध अझै तीन वर्ष बाँकी छ । यदी रियलले मलाई क्लबबाट निकाल्न चाहन्छ भने मेरो प्रतिवर्ष १७ मिलियन युरोको हिसाबले वोनस भुक्तान गर्नु पर्नेछ ।’ बेलले भने, ‘त्यस्तो हुँदैन भने म यही रहने छु । यदी मैले यहाँ गल्फ खेल्नु परे पनि खेल्छु ।’ अन्तर्राष्ट्रिय संचार मध्यमका अनुसार बेलले आफ्नो बाँकी तीन बर्षको ५१ मिलियन युरोको माग गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४