एजेन्सी- खैरा बाल, निला आँखा र राम्रो व्यक्तित्व भएका इंग्ल्यान्डका तिब्र गतिका बलर स्टुअर्ट ब्राँन्डलाई जेम्स एन्डरसनले पहिलो पटक देख्दा एक सुन्दर महिला सोचेका थिए । उक्त कुरा एन्डर्सनले आफ्नो किताब ‘बाँल, स्लिप, रिपिट’मा उल्लेख गरेका छन् । उक्त किताबको अंश अन्तराष्ट्रिय संचार माध्यम ‘दी सन’ले प्रकाशित गरेको छ ।
स्टुअर्ट जब ड्रेसिङ रुममा पुगे तब पहिलो चोटी एन्डर्सनले सुन्दर महिला सोचेका थिए । ‘जब खैरा बाल, निला आँखा र राम्रो व्यक्तित्व भएका स्टुअर्ट ड्रेसिङ रुममा पुगे मैले एक सुन्दर महिला सोचेको थिए ।’ एन्डर्सनले भने, ‘मैले मनै मानमा साचेको थिए यो कती सुन्दर छ ।’
इंग्ल्यान्डको टेस्ट क्रिकेट टिमका सफल तिब्र गतिका बलर एन्डर्सनले आफ्नो टोलीका लागि १४८ खेल खेलेका छन् । उनले १४८ खेलमा ५७५ विकेट लिएका छन् । उनले थपे, ‘विश्वास हुँदैन की हामी दुबैले मिलेर १ हजार भन्दा बढी विकेट लिएक छौ ।’
एन्डर्सनले एक अर्कासँग बलिङका बारेमा कुराकानी गरिरहेने बताएका छन् । उनले दुबैको अर्को गोप्पे कुरा खुलासा गरेका छन् । एन्डर्सनले बताएका छन्, ‘हामी निन्द्रालाई धेरै माया गर्छौ ।
त्यसैले हामी प्रशिक्षण सेशन भन्दा पहिला जति सकिन्छ त्यती सुत्ने गर्दै छौ ।’ स्टुअर्स र एनडर्सन एक असल मित्र हुन् । जो मैदान र मैदना बाहिर पनि उत्तिकै मिल्ने गर्दछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४