शुक्रबार, जेठ १, २०८३

गायक स्वरुप राज आचार्यको ‘प्रतिज्ञा प्रेमको’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ‘प्रतिज्ञा प्रेमको’ भिडियो सार्वजनिक भएको छ। गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ। 

अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो। मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन्। दुनियाँले मायाको बाटोमा फाटो बनाउन खोजेपनी प्रेम सधै सफल हुने कुरा लाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ। 

मरुभूमि नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ। ‘प्रतिज्ञा प्रेमको’ गीतको भिडियोमा अप्सना थापा र सुमन परियारको लोभलाग्दो अभिनय रहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्