बुधबार, मंसिर ३, २०८२

भारतीय लोक सभा चुनाव : बलिउड स्टारहरुको के छ अवस्था?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – भारतको लोक सभा चुनावमा एक दर्जन जति बलिउडका स्टार तथा टिभी स्टारहरू चुनावी मैदानमा छन्। भारतीय जनता पार्टी (बीजेपी)बाट चुनाव उठेका अधिकांश स्टारहरू मतगणनामा अगाडि छन् भने कांग्रेका उम्मेदवारहरु पछाडि छन्।

कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग चुनावमा उठेकी बीजेपीकी टिभी स्टार स्मृति इरानी प्रतिस्पर्धामा छिन्।
 
बीजेपीबाट गुरदासपुरबाट चुनावमा उठेका सनी देउल अगाडि छन् भने, नर्थइस्टि दिल्लीबाट चुनावमा उठेको भोजपुरीका सुपर स्टार मनोज तिवारी पनि अगाडि छन्। यसैगरी, उत्तर प्रदेशको मथुराबाट चुनावमा उठेकी हेमा मालिनी पछाडि छिन् भने चण्डिगढबाट चुनावमा उठेकी किरण खेर अगाडि छिन्।

यसैगरी, बीजेपीकी उम्मेदवार जय पर्दा पनि पछाडि छिन्। कांग्रेसबाट चुनावमा उठेका स्टारहरु मध्ये मुम्बई नर्थकी उम्मेदवार उर्मिला माथोडकर, उत्तर प्रदेशबाट उठेका राज बबर, पटनाबाट उठेका शत्रुघन सिन्ह पछाडि छन्। उनीहरु प्रतिस्पर्धामा देखिएका छन्।

यसैगरी, आइएण्डीबाट बैंलुरु सेन्ट्रलमा चुनाव उठेका साउथ फिल्मका सुपर स्टार प्रकाश राज पनि पछाडि रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्