सोमबार, चैत ३०, २०८२

फ्लप रियल-७ !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस क्लब रियल मड्रिडले यस सिजनको सुरुवातमा मारियानोलाई अनुन्ध गर्नु सिजनकै सबै भन्दा खराब अनुबन्ध मानिएको छ । आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई टुरीन पठाएपछि अनुबन्ध गरेका मारियानो यस सिजनको सबै भन्दा खराब अनुबन्ध साबित भएका छन् । 

मरियानोलाई रियलले रोनाल्डोको प्रतिस्थापनको रुपमा अनुबन्ध गरेको थियो । उनलाई रोनाल्डोको विकल्प भन्दै रियलले जर्सी नं.७ नै दिइएको थियो । तर, रियलले मारियानो प्रति गरेको जुन अपेक्षा थियो त्यो भने पुरा हुन सकेन् । 

अनुबन्धसँगै चोटले ग्रसित बनेका मारियानोले यस सिजन प्रतियोगितामा खासै सहभागिता नै जनाउन पाएनन् । रोनाल्डोको विकल्पको रुपमा हेरिएको खेलाडीले सिजनमा मात्र ३ गोल गर्नु सबै भन्दा लज्जासपद विषय हो । त्यसैले पनि उनीमाथी रियलले रोनाल्डोको कमिको महशुस मेटाउन खोज्नु आफैमा गलत साबित भएको छ । 

उनलाई २९ अगस्ट २०१८ मा ५ वर्षका लागि अनुबन्ध गरेको भन्दै रियलले सार्वजनिक गरेको थियो । रियलमा अनुबन्ध भएका मारियानोले १९ सेप्टेम्बार २०१८ मा च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा रोमाविरुद्ध ७३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । 

उक्त खेलमा उनले एक गोल गरेका थिए । लियोनबाट रियलमा पुनः फर्किएसँगै आफ्नो डेब्यु खेलमा नै गोल गर्नु मारियानोप्रति सबैको आशा झनै पलायो । तर, उनले सिजनका १३ खेल खेल्दा मात्र ३ गोल गरे । उनले सबै खाले १९ खेलमा ४ गोल गरे । यसअघि २०१७-१८ को सिजनमा उनले लियोनका लागि ३४ खेलमा १८ गोल गरेका थिए ।

उनीसँगै एट्लेटिकोले अनुबन्ध गरेका निकोला मालिनिक, भिल्लारियलले अनुबन्ध गरेका जिरार्ड मोरेनो, भ्यालेन्सियाले अनुबन्ध गरेका मिकी बाट्सुआयी र रियल बेटीसले अनुबन्ध गरेका जेसे रोड्रिग्युज पनि यस सिजनको सबै भन्दा खराब अनुबन्ध मानिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।