आइतबार, साउन २४, २०८३

अष्ट्रेलियाले पुनः कीर्तिमानी रच्ला?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितेको अष्ट्रेलिया इंग्ल्यान्डमा हुने विश्वकपमा पुनः जित निकाल्दै कीर्तिमान रच्न चाहन्छ । विश्वकपमा ११ औं संस्करण सम्पन्न भैसक्दा अष्ट्रेलियाले पाँच, भारत र वेस्टइन्डिज समान दुई-दुई तथा पाकिस्तान र श्रीलंकाले एक-एक पटक उपाधि जितेका छन् । 

पछिल्ला १० एकदिवसीय सिरिजमा ४ सरिज मात्र जिते पनि अष्ट्रेलियाको प्रदर्शन उच्च रहने अनुमान गरिएको छ । किनकी पछिल्लो पाकिस्तानसँगको ५ खेलको सिरिजका कैयौ खेलमा दुबै टोलीले ३४० रन भन्दा बढी बनाएका छन् । 

त्यसैले यस पटक इंग्ल्यान्डको मैदानमा धेरैजसो ब्याट्सम्यानले विस्फोटक पारी खेल्ने अनुमान गरिएको छ । यस पटक विश्वच्याम्पियन अष्ट्रेलियाले बनाएको सर्वाधिक रनको कीर्तिमानी पनि बे्रक हुन आँकलन गरिएको छ । 

विश्वकपमा सर्वाधिक स्कोर बनाउने कीर्तिमानी अष्ट्रेलिया टिमको नाममा छ । सन् २०१५ को विश्वकपमा अफगानिस्तानविरुद्धको खेलमा अष्ट्रेलियाले ६ विकेट गुमाएर ४१७ रन बनाएको थियो । उक्त खेलमा डेविड वार्नरले १७८, स्टीव स्मिथले ९५, ग्लेन म्याक्सवेलले ८८ रन जोडेका थिए । जवाफमा ब्याटिङ गरेको अफगानिस्तानले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४२ रन जोडेको थियो । 

विश्वकपमा चार पटक ४०० रन पार

विश्वकपको एक खेलमा ४०० भन्दा बढी रनको योगफल चार पटक बनेको छ । यस लिस्टमा पहिलो नम्बरमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा भारत छ । भारतले २००७ को विश्वकपमा बरमुडाविरुद्ध ५ विकेट गुमाएर ४१३ रन जोडेको थियो । उक्त खेलमा विरेन्द्र सहवागले ८७ बलमा ११४ रन जोडेका थिए । जवाफमा बरमुडाले ४३.१ ओभरमा सबै विकेट गुमाएर मात्र १५६ रन जोडेको थियो । 

दक्षिण अफ्रीकाले विश्वकपको उपाधि जित्न सकेको छैन् । तर, उसले ४०० भन्दा बढी रनको आँकडा पुरा गरेको छ । २०१५ को विश्वकपमा आयरल्यान्डविरुद्ध दक्षिण अफ्रीकाले ४ विकेट गुमाएर ४११ रन बनाएको थियो । यो विश्वकपको इतिहासमा ४०० रन पुरा गर्ने तेस्रो टोली हो । यस खेलमा ओपनर हाशिम अमलाले १२८ बलमा १५९ रन जोडेका थिए । त्यस्तै फाफ डुप्लेसिले १०९ रनको योगदान दिएका थिए । जवाफी ब्याटिङ गरेको आयरल्यान्डले ४५ ओभरमा सबै विकेट गुमाएर २१० रन बनाएको थियो । 

पछिल्लो विश्वकपमा नै दक्षिण अफ्रीकाले वेस्टइन्डिजविरुद्ध ५ विकेट गुमएर ४०८ रन जोडेको थियो । यस खेलमा कप्तान एबी डीविलियर्सले ६६ बलमा १६२ रन जोडेका थिए । जवाफमा वेस्टइन्डिजले ३३.१ ओभरमा १५१ रन मात्र जोड्न सक्यो । 

श्रीलंका र न्युजल्यान्डको टिम पनि कम छैन

विश्वकपको कुनै एक खेलमा सर्वाधिक रन बनाउने मामिलामा श्रीलंका र न्युजल्यान्डका टिम पनि अब्बल रहेका देखिन्छन् ।  श्रीलंकाले १९९६ को विश्वकपमा केन्याविरुद्ध ५ विकेट गुमाएर ३९८ रन बनाएको थियो । श्रीलंकाका लागि अरविन्द डी सिल्वाले ११५ बलमा सर्वाधिक १४५ रन जोडेका थिए । जवाफमा केन्याले ७ विकेट गुमएर २५४ रन बनाउन सकेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।