आइतबार, साउन २४, २०८३

डिबालाका लागि युनाइटेडको मोटो रकमको प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- म्यानचेस्टर युनाइटेडले अर्जेन्टिनी तथा युभेन्ट्सका फरवार्ड पाउलो डिबालाका लागि मोटो रकमको प्रस्ताव गरेको खुलासा भएको छ । आफ्नो स्टार खेलाडी पउल पोग्वले क्लब छोड्न सक्ने हल्ला चलेपछि युनाईटेडले डिबालालाई १२० मिलियन युरोको प्रस्ताव गरेको खुलासा भएको हो । 

डिबालाका लागि सोही रकमको प्रस्ताव अर्को इंग्लिस क्लब लिभरपुलले पनि गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । पछिल्लो समय डिबाला इटालीमा खुशी नभएको समेत उनका एजेन्टले बताएका छन् । 

त्यसैले पनि डिबालाले यस सिजन युभेन्ट्स छोड्न चाहेको उनका एजेन्टले बताए । यस अघि पनि उनका भाईले डिबालाले यस सिजनको अन्त्यमा केही परिवर्तन गर्न चाहेको बताएका थिए । ‘म भन्दीन की उन कहाँ जानेछन् । तर, यहाँ धेरै सम्भावना छ की उनी क्लब छोड्ने छन् । किनकी उनी हाल इटालीमा खुशी छैनन्’ उनका भाईले भने । 

२५ वर्षीय डिबालाले इटालियन सिरी ‘ए’मा युभेन्ट्सलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेले पनि उनी यस सिजन धेरै जसो खेलमा पहिलो रोजाईमा पर्न सकेका थिएनन् । उनले यस सिजन सिरी ए का २९ खेल खेल्दा मात्र ५ गोल गरेका छन् । 

उनले सबै खाले ४१ खेलमा १० गोल गरेका छन् । यसै सिजनको सुरुवातमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडबाट जोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्ट्स भित्रिएपछि डिबाला उनको छायामा परेको बताइएको छ । त्यसैले डिबलाले यस सिजन पछि युभेन्टस छोड्ने मनसाए बनाएको बताइएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।