गुवाहाटी- दोस्रो संस्करणको इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा नेपालका भुपेन्द्र थापाले उत्कृष्ट प्रदर्शन गरेका छन् । मंगलबार भारतको गुवाहाटी स्थित नविनचन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएको ६४ केजीतौल समूहको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएकाहुन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले जित भने निकाल्न सकेनन् । भुपेन्द्रइन्डिया ‘डी’का अंकुश डहियासँग ३-२ अंकले पराजित भएका हुन् । उनले गरेको प्रदर्शन प्रतियोगितामा सहभागि सबै नेपाली खेलाडी मध्य हालसम्मको उत्कृष्ट प्रदर्शन हो ।
आजनै भएको ५२ केजीतौल समुहमा तेज बहादुर देउवा इन्डिया ‘डी’कापीएल प्रसादसँग पराजित भएका छन् । उनी युनिनमस नतिजाका आधारमा ५-० अंकले पराजित भएका हुन् ।
त्यस्तै आजनै भएको अर्को खेलमा नेपालका प्रकाश लिम्बु इन्डिया ‘सी’अंकितसँग पराजित भएका छन् । उनी पनि युनिनमस नतिजाको आधारमा ५-० अंकले पराजित भएका हुन् । बुधबार नै भएको खेलमा नेपालका विकेश लामा इन्डियाका दिनेश दागरसँग पराजित भएका छन् । उनि ५-० अंकले पराजित भएका हुन् ।
बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामा नेपालबाट भागलिएका ११ जना खेलाडी मध्य १० जाना खेलाडी बाहिरिएका छन् । महिलातर्फ सहभागि खेलाडी भने मंगलबार नै बाहिरि सकेका थिए । महिलातर्फ भने मंगलबारको खेलमा नेपालकी पुनम रावलले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४