शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ दल दर्ताका लागि निवेदन दिएपछि पहिलो पटक माधव नेपालले भेटे राष्ट्रपति

नयाँ दल दर्ताका लागि निवेदन दिएपछि पहिलो पटक माधव नेपालले भेटे राष्ट्रपति

नेकपा (एमाले) विभाजन गरी नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– नेकपा (एमाले) विभाजन गरी नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। शीतल निवासमा झन्डै २ घण्टा भएको भेटमा पार्टी विभाजनसम्म पुगेको अवस्थाबारे छलफल भएको स्रोतले जनाएको छ। 

शीलत निवास स्रोतका अनुसार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली समझदार नभएकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताएका थिए। 

अध्यक्ष ओली स्वेच्छाचारी भएको र पार्टीमा एकलौटी गरी आफूहरुलाई अपमानित र निषेध गरेको भन्दै भदौ २ गते नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। निर्वाचन आयोगले भदौ ९ गते सनाखत गरी नेकपा एकीकृत समाजवादी दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ।

प्रकाशित: Aug 23, 2021| 18:32 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...