सोमबार, चैत ३०, २०८२

स्वर्णपदक विजेता अजित प्रदेश सरकारबाट सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
जनकपुरधाम – तेस्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक जित्न सफल अजित यादव प्रदेश सरकारबाट सम्मानित भएका छन्। गत चैतमा हङकङमा सम्पन्न एसियाली युथ एथलेटिक्समा स्वर्ण जित्न सफल भएका सप्तरी–१२ का अजितलाई बुधबार प्रदेश २ सरकारले सम्मानित गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले एक समारोहकबीच ५ लाख ११ हजारको चेक हस्तान्तरण गर्दै अजितलाई पुरस्कृत गरेका छन्। उनी तेस्रो युथ एथेलेटिक्स च्याम्पियनसीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्णपदक हात पारेका थिए।

अजितले ३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पुरा गर्दै उक्त प्रतियोगितामा नेपालको तर्फबाट पहिलो पटक स्वर्ण पदक जितेका हुन्। 

अजितले एथलेटिक्समा स्वर्णपदक जितेर देश र प्रदेशको नाम विश्वस्तरमा स्थापित गरेको भन्दै प्रदेश सरकारले पाँच लाख नगद पुरस्कार दिने निर्णय गरेको थियो। सरकारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेअनुसार उनलाई पुरस्कृत गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।