बुधबार, मंसिर ३, २०८२

चर्चित ‘टिकटक’ सेलिब्रेटीको गोली हानी हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँदिल्ली – मोबाइल भिडियो एम ‘टिकटक’बाट ख्याती कमाएका भारतीय कलाकार मोहित मोरको गोली हानी हत्या भएको छ। भारतको दिल्लीमा मोहितको गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

बन्दुकधारीले १३ राउन्ड गोली हानेर उनको हत्या गरेको भारतीय प्रहरीले जनाएको छ। उनी जिम ट्रेनरको रूपमा कार्यरत थिए।

प्रहरीले मोहितको टिकटक अकाउन्टको अध्ययन गर्दै हत्या बारे अनुसन्धान गरिरहेको जनाएको छ। उनका टिकटक अकाउन्टमा पाँच लाख भन्दा बढी फलोअर्स छन्।

दिल्लीको एउटा फोटोकपी पसलमा बसेर उनी साथिहरूसँग बसेर गफ गरिरहेको समयमा मोटरसाइकलमा आएको अज्ञात व्यक्तिले १३ राउन्ड गोली हानेर मारेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्