आइतबार, साउन २४, २०८३

पिएम कप : पारसको कप्तानीमा प्रदेश नं.३ को टोली घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्रि कप एकदिवसीय क्रिकेटका लागि प्रदेश नं.३ ले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ । जेठ १० गतदेखी २५ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि प्रदेश ३ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको हो । 

टोलीका कप्तान पारस सँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, सोनु तामाङ, जितेन्द्र सिंह ठकुरी, इशान पान्डे, रित गौतम, प्रतिस जि.सी, अभिषेक बस्नेत, सुर्य तामाङ्ग, सोनु देवकोटा, नन्दन यादव, गौतम केसी, आदिल खान र रविन जोशी हरेका छन् । 

त्यस्तै प्रशिक्षकमा मन्जुर आलम खान तथा व्यवस्थापकमा सुमन राज कार्की रहेका छन् । भुपेन्द्र थापा, रेवाती यादव, सुभ कंसाकर र दिपक बोहोरालाई रिजर्ब खेलाडीको रुपमा राखेको छ । 

समुह ‘ए’ मा रहेको प्रदेश ३ ले पहिलो खेल जेठ ११ गते टियू मैदानमा एपीएफसँग खेल्ने छ । दोस्रो खेल टियुमै जेठ १२ गतेगण्डकी प्रदेश, जेठ १८ गते मुलपानी मैदानमा सुदूरपश्चिम प्रदेश र जेठ २० गते प्रदेश ५ सँग टियूमा खेल्ने छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।