बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन किलो यार्सागुम्बासहित दार्चुलाबाट एक जना पक्राउ

तीन किलो यार्सागुम्बासहित दार्चुलाबाट एक जना पक्राउ

प्रहरीले दार्चुलाबाट तीन किलो यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

धनगढी- प्रहरीले दार्चुलाबाट तीन किलो यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको ब्याँस गाउँपालिका–३ सिनाका २४ वर्षीय ग्रिस कुँवरलाई यार्सासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

उनलाई दुहुँ गाउँपालिका-३ ब्रह्मदेव चोक पोष्टबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए। ‘चेक पोष्टमा चेकजाँच गर्दा फरकफरक प्लाष्टिकको झिल्लीभित्र तीन पोका यार्सा भेटियो’, प्रहरी नायव उपरीक्षक भट्टले भने, ‘आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको हो।’ 

आवश्यक कारबाहीका लागि यार्सासहित कुँवरलाई अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला बुझाएको उनले बताए।

प्रकाशित: Jul 28, 2021| 13:15 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।