काठमाडौं- दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते साता हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले एक कार्यक्रमको आयोजना गर्दै म्याराथन जेठ २० गते हुने जानकरी दिएको हो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हुने म्याराथन ४२ सय मिटर उचाईबाट सुरु भएर १६ सय उचाईमा समापन हुने छ । प्रतियोगिता अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै घान्द्रुक आएर सकिने छ ।
१ सय भन्दा बढी नेपाली र विदेशी धावकहरुले सहभागिता जनाउने प्रतियोगिताको विजेताले १ लाख ५ हजार तथा उपविजेताले ७५ नगद प्राप्त गर्ने छन् । त्यस्तै तेस्रो हुनेले ५५ हजार, चौंथो हुनेले ११ हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले ९ हजार, सातौं हुनेले ८ हजा, आठौं हुनेले ७ हजार, नवौं हुनेले ६ र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४