शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पक्षमा ४२, विपक्षमा शून्य

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पक्षमा ४२, विपक्षमा शून्य

मुख्यमन्त्री केसीको पक्षमा ४२ सांसदले मत दिएका थिए। उनको विपक्षमा कसैले पनि मत दिएनन्। मतदानमा जम्मा ४३ थिए। तर एक जना तटस्थ बसेका थिए।
 |  सोमबार, भदौ ७, २०७८

विनोद परियार

विनोद परियार

सोमबार, भदौ ७, २०७८

काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन्। सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि भएको मतदानमा उनले बहुमत प्राप्त गर्दै विश्वासको मत प्राप्त गरेका हुन्। 

National life

मुख्यमन्त्री केसीको पक्षमा ४२ सांसदले मत दिएका थिए। उनको विपक्षमा कसैले पनि मत दिएनन्। मतदानमा जम्मा ४३ थिए। तर एक जना तटस्थ बसेका थिए। 

हाल प्रदेशसभामा ८० जना सांसद छन्। केसीको पक्षमा परेको ४२ मत कुल सांसद ८० को बहुमत भएकाले केसीले विश्वासको मत पाएको सभामुखले घोषणा गरेका छन्। 

विश्वासको मत कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल एमालेले भने बहिष्कार गरेको थियो। एमाले नेतृत्वको सरकार ढलेपछि केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

प्रकाशित: Aug 23, 2021| 17:16 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।