सोमबार, चैत ३०, २०८२

जापान र कतारले कोपा अमेरिका खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- एसियाली राष्ट्र जापान र कतारले ब्राजितमा हुने कोपा अमेरिका खेल्ने भएका छन् । जुन १४ तारीख देखी सुरु हुने उक्त ४६ औं संस्करणको प्रतियोगिताका लागि दक्षिण अमेरिकाका १० राष्ट्र र दुई एसियाली राष्ट्र सहित १२ राष्ट्रले सहभागीता जनाउने छन् ।

National life

यसअघि अमेरिकामा भएको अघिल्लो संस्करणमा १० दक्षिण अमेरिकी राष्ट्र र ६ आमन्त्रित राष्ट्र गरी १६ टोलीले प्रतिस्रपर्धा गरेको थियो । तर, गत संस्करण देखी पुनः सन् १९९३ मा लागु गरिएको १२ टोलीको संरचनालाई दोहर्याउने निर्णय गरेपछी यस वर्ष एसियाली दुई राष्ट्रलाई मात्र आमन्त्रित गरेको हो ।

सन् २०२२ को विश्वकपको आयोजक समेत रहेको कतारले यस प्रतियोगितालाई आफ्नो विश्वकप तयारीका रुपमा लिएको छ । यस प्रतियोगितामा कतारले समूह ‘बी’ मा रहेर अर्जेन्टिना, कोलोम्बिया र पाराग्वेको सामना गर्नेछ ।

यता जापानले भने उरुग्वे, चिली र इक्वेडरसँग खेल्नेछ । यसअघि जापानले भने सन् १९९९ मा पाराग्वेमा भएको कोपा अमेरिकामा आमन्त्रित टोलीका रुपमा प्रतिस्पर्धा गरि सकेको छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।