सोमबार, चैत ३०, २०८२

रियलका तीन खेलाडीका लागि पिएसजीको ठुलो प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रान्सेली लिग वान च्याम्पियन क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) रियल मड्रिडका तीन खेलाडीका लागि ठुलो रकमको प्रस्तव गरेको बताइएको छ । फ्रान्सेली पत्रिका ‘ले पेरिसियन’का अनुसार पिएसजी वेल्स स्ट्राइकर ग्यारेथ बेल, टोनी क्रुस र इस्कोलाई अनुबन्ध गर्न ठुलो रकमको प्रस्ताव गरेका बताइएको हो ।

‘ले पेरिसियन’का अनुसार पिएसजीले रियलका तीन खेलाडीका लागि १८० मिलियन पाउण्डको प्रस्तव गरेको जनाएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल आउदो सिजनमा आफ्नो योजनामा नरहेको बताएका थिए ।

 त्यस्तै क्रुस टोलीमा पर्न संघर्षरत छन् भने इस्को लय बाहिर छन् । रियल यस सिजनको अन्त्यमा चेल्सी स्ट्राइकर इडेन हाजार्ड र म्यानचेस्टर युनाइटेडका पउल पोग्वालाई आफ्नो पहिलो रोजाईमा राखेको छ । 

रिपोर्टका अनुसार पिएसजीले क्रुसलाई विशेष रोजाइमा राखेको जनाएको छ ।  तर, बेल र इस्कोका लागि जुलियन र एडिसन काभानीले प्रस्थान गर्नु पर्ने छ । तर, बेलले बार्यन म्युनिख जान चाहेको जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।