बुधबार, मंसिर ३, २०८२

चोपेन्द्रको प्रेममा सुरबिना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर, सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न्। 

कला र संगीतमा फरकपन र नयाँ  एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा गीत गायनदेखि भिडियो मेकिङ्गमा निकै परिवर्तन आएको  छ। गीतहरु थिममा बन्न थालेका छन् भने गीतमा कथा भन्न खोज्ने शैलीले गर्दा भिडियो ५ मिनेटको सिनेमा हेरे जस्तै लाग्छ।

फिल्म/नाटक/साहित्यमा ‘स्टोरी टेलिङ्ग’ सुन्दा जति सजिलो छ गर्न त्यति गाह्रो चिज हो।   हालै रिलिज भएको ‘लुकिछिपी किन मायामा’ बोलको गीतको भिडियोमा हामीले छोडेर आएको पुरानो गाउँले जीवनलाई पुनः जीवित बनाउन खोजिएको छ।   भिडियोमा   लगभग ९० को दशकमा हाम्रो गाउँ घरमा गुज्रिने गरेका जीवन, माया प्रेम, खेलकुद, कृषीकर्म लाई साधारण तवरमा प्रस्तुत गर्नको लागि ठुलो मिहेनत गरेको प्रस्ट देखिन्छ। 

यस गीतमा शब्द, संगीत, स्वर गणेश सेन्चुरीको रहेको छ भने  कोबिद बज्रले  म्युजिक एरेन्जमेन्ट गरेका हुन्। भिडियोमा बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल उर्फ मुकुन भुषाल साथै नायिका सुरबिना कार्की मनिष तामाङ र अनु काफ्लेको अभिनय देख्न सकिन्छ। भिडियोलाई निशल पौडेलले  छायांकन गरेका हुन् भने भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन्। नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो। भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्