काठमाडौं- दोस्रो चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरिय खुल्ला छात्रा भलिबल प्रतियोगिता यही बुधबारी हुने भएको छ । नेपाल भलिबल दिवसको अवसर पारेर जेठ ८ गते खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेकी चन्द्रगिरी नगर कमिटिले एक कार्यक्रमका आयोजना गर्दै जानकारी दिएको हो ।
प्रतियोगितामा १० विद्यालयको सहभागीता रहने छ । सहभागी टिमहरुलाई तीन समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलाईने छ । समूह चरणका खेल वेस्ट आफ थ्रीको आधारमा खेलाइने छ भने सेमिफाइनल र फाइनका खेल वेस्ट अफ पाइभमा आधारमा खेलाइने आयोजकले जानएको छ ।
प्रतियागिताको विजेता टोलीले ६० हजार नगद प्राप्त गर्ने छ भने उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्ने छ । सर्वोउत्कृष्ट खेलाडीले १ हजार पाँच सय प्राप्त गर्ने छ भने उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरले समान एक एक हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको कुन अनुमानित लागत २ ला ५५ हजार रहेको आयोजकले जनाएको छ ।
दुई वर्ष अघि जेठ ८ गते भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो । सोहि दिनलाई नेपाल भलिबल संघले भलिबल दिवसमको रुपमा मनाउँदै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४