सोमबार, चैत ३०, २०८२

विश्वकपमा विकेटकीपरको भुमिका कस्तो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेट आउन करिब दुई साता बाँकी छ । त्यसैले पनि बसै टोलीको तयारीलाई जिवित राख्न निकैनै दोडधुपमा छन् । कुनै पनि टिमलाई च्याम्पियन बनाउन ब्याट्सम्यान र बलरको महत्वपूर्ण भुमिका रहने गर्दै छ । 

त्यस्तै ब्याट्सम्यान र बलरको बाहेक विकेटकीपरको पनि भुमिका उत्तीकै महत्वपूर्ण रहेको हुन्छ । जसले विकेट पछि रहँदै ब्याट्सम्यानलाई दबाबमा राख्दै आफ्नो उत्कउष्ट भूमिका निभाई रहेका हुन्छन् । यस रिपोर्टमा हामी चर्चा गर्दै छौ की जसले पछिल्लो पाँच वर्ष विकेटकीङ्गि गर्दै ब्याट्सम्यानलाई सर्वाधिक सिकार बनाए । 

कुमार संगकारा (श्रीलंका)

श्रीलंकाका पूर्ण विकेटकीपर ब्याट्सम्यान कुमार संगकाराले एकदिवसीय विश्वकपमा हाल सम्म ३७ खेल खेलेका छन् । उनले विकेृटकीपिङ्ग गर्दै विश्वकपमा सर्वाधक ५४ ब्याट्सम्यानलाई पेभिलियन फर्काएका छन् । उनले ५४ ब्याट्सम्यान आउट गर्ने क्रममा कुमारले ४१ क्याच र १३ स्टम्पिङ गरेका थिए । 

कुमारले आफ्नो क्रिकेट करीयरमा चार विश्वकपमा समभागीता जनाएका छन् । उनले आफ्नो पहिलो विश्वकप २००३ मा खेलेका थिए भने २०१५ उनको अन्तिम विश्वकप हो । उनकै मद्दतमा श्रीलंकाको टिम २०११ मा विश्वकपको फाइनल पुग्न सफल भएको थियो । 

बाँया हाते पूर्व श्रीलंकेली ब्याट्सम्यान कुमारले एक खेलमा सर्वाधिक चार खेलाडी आउट गरेका थिए । जसमा तीन क्याच र एक स्टम्पिङ रहेको छ । उनी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा समेत पर्दछन् । 

एडम गिलक्रिस्ट (अष्ट्रेलिया)

अष्ट्रेलियाका महान विकेटकीपर ब्याट्सम्यान एडम गिलक्रिस्ट किपिङ्को आधारमा खेलाडी सिकार बनाउने खेलडीको दोस्रो स्थानमा छन् । उनले विश्वकपका ३१ खेलमा ५२ ब्याट्सम्यानलाई पेभिलियन फर्काएका छन् । 

जसमा ४५ क्याच र ७ स्टम्पिङ्ग रहेका छन् । गिलक्रिस्टले १९९९ देखी २००७ को बीचमा तीन विश्वकप खेलका छन् । उनी उक्त समय तीन पटक अष्ट्रेलिया च्याम्पियन बन्दा गिलक्रिस्ट मुख्य खेलाडीको रुपमा रहेका थिए । एक खेलमा गिलक्रिस्टको सर्वाधिक प्रदर्शन ६ क्याच रहेको छ । 

महेन्द्रसिंह धोनी (भारत)

विश्वकपमा जुन पाँच विकेटकीपरले विकेट पछाडी रहँदै सर्वाधिक विकेट लिएको त्योसको तेस्रो स्थानमा भारतका पूर्व कप्तान समेत रहेका महेन्द्रसिंह धोनी रहेका छन् । धोनीले कुमार र गिलक्रिस्टलाई यस रेकर्डमा उछिन्न लामो समय कुर्नु पर्ने देखीन्छ । किनकी धोनीले हाल सम्म विश्वकपमा २० खेल मात्र खेलेका छन् र ३२ ब्याट्सम्यानलाई आफ्नो किपिङको सिकार बनाएका छन् । 

धोनली ३२ ब्याट्सम्यानलाई आफ्नो सिकार बनाउँदा २७ क्याच र ५ स्टम्पिङ गरेकाछन् । धोनीले २००७ देखी हाल सम्म तीन विश्वकप खेलेका छन् । क्याप्टेन कुलको नामबाट चिनिने धोनीको यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ । 

ब्रेन्डन म्याकलम (न्युजल्यान्ड)

न्युजल्यान्डका पूर्व विकेटकीपर ब्रेन्डन म्याकलमले पनि धोनी बराबर ३२ ब्याट्सम्यानलाई पेभिलिएन फर्काएका छन् । तर, मयाकलमले ३४ खेल खेलेका छन् । उनले ३४ खेलमा ३० क्याच र २ स्टम्पिङ गर्दै ३२ खेलाडीलाई पेभिलिएन फर्काएका थिए । म्याकलमको २०१५ पछिल्लो विश्वकप थियो । उनले जम्मा तीन विश्वकप खेले । उनले आफ्नो पहिलो विश्वकप २००३ मा खेलेका थिए । 

मार्क बाउचर (दक्षिण अफ्रीका)

दक्षिण अफ्रीकाका महान विकेटकीपर ब्याट्सम्यान मार्क बाउचर विश्वकपमा सर्वाधिक विकेट लिने विकेटकीपरको पाँचौ स्थानमा छन् । उनले २५ खेलमा ३१ खेलाडीलाई पेभिलियन फर्काएका थिए । 

उनले ३१ खेलाडीलाई आफ्नो सिकार बनाउँदा सबै क्याच आउट गरेका थिए । तीन विश्वकप खेलेका बाउचरले पहिलो पटक १९९९ मा विश्वकपमा सहभागिता जनाएका थिए भने २००७ को विश्वकपलाई आफ्नो अन्तिम विश्वकपको रुपमा सहभागिता जनाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।