सोमबार, चैत ३०, २०८२

एमबाप्पेको दुई गोलमा पिएसजि विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा डिजोनमाथी फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

पिएसजीको जितका लागि युवा स्टार खेलाडी केलियन एमबाप्पेले दुई गोल गरे । त्यस्तै एन्जल डि मारिया र एडिन्सन काभनीले समान एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै  एन्जल डि मारियाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

त्यसको एक मिनेट नबित्दै उरुग्वेका फरवार्ड इडिन्सन काभनीले गोल गर्दै पिएसजीलाई २-० को अग्रता दिलाए । त्यस्तै खेलको ३६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पहिलो हाफमा पिएसजीलाई ३-० को अग्रता दिलाए । दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा एमबाप्पेले  खेलको ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४-० को जित दिलाए । 

तीन खेलको प्रतिबन्धपछि मैदानमा फर्किएका एमबाप्पे दुई गोल गर्दै गोल्डेन बुट दौडको नजिक पुगेका छन् । उनी गोल्डेन बुट दौडमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा २ गोलले पछाडी छन् । मेस्सीले ३४ गोल गर्दा एमबाप्पेको ३२ गोल रहेको छ । पिएसजीले अझै एक खेल खेल्न बाँकी रहेकाले एमबाप्पेको गोल्डेन बुट दौड अझै बाँकी रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।