शनिबार, साउन २३, २०८३

एफए कप जितेसँगै सिटीको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले वाट्फोर्डलाई पराजित गर्दै एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा वाट्फोर्डलाई ६-० गोलको फराकीलो अन्तरले पराजित गर्दै सिटीले एफए कपको उपाधि जितेको हो ।

सिटीको जितका लागि ग्राबियल जिसस र रहिम स्ट्रर्लिङले समान दुई दुई गोल गर्दा डेभिड सिल्भा र केभिन डी ब्रुएनले समान एक एक गोल गरे । खेलको २६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप चार गोल गर्यो । 

खेलको ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दा सिटी ३-० ले अगाडी बढ्यो । त्यसको सात मिनेट नबित्दै जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-० कव अग्रता दिलाए ।  त्यसपिछ खेलको ८१ र ८७ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दुई गोल गर्दै  सिटीलाई आधा दर्जन गोलको फराकिलो अन्तरले जित दिलाए ।  

योस जितसँगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजन इंग्ल्यान्डको ३ घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ । यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।