शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले बोलायो स्थायी कमिटी बैठक, नेपालको साथ छोडेका नेताहरू पनि सहभागी हुने

एमालेले बोलायो स्थायी कमिटी बैठक, नेपालको साथ छोडेका नेताहरू पनि सहभागी हुने

प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ११ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं– प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ११ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। 

पार्टी विभाजनपछि पहिलोपटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो। एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

पार्टी दर्ताको समयमा माधव नेपालको साथ छोडेका नेताहरु पनि भोलिको बैठकमा सहभागी हुने बताइएको छ। आज बिहान अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको छलफलपछि उनीहरु स्थायी कमिटी बैठकमा सहभागी हुन तयार भएका हुन्। छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको प्रवक्ता ज्ञवालीले बताए।

ओलीसँगको छलफलमा नेपालको साथ छाडेका सबै स्थायी कमिटी सदस्य सहभागी थिए। नेतृत्वले १० बुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता जनाएपछि उनीहरू मंगलबारको बैठकमा सहभागी हुन तयार भएका हुन्।

वार्तामा सहभागी बागमती प्रदेशकी मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरू एमाले छाडेर कतै जान नसक्ने बताइन्। उनले १० बुँदे कार्यान्वयनसँगै एमाले सशक्त रूपमा अघि बढ्ने र स्थानीय चुनाव जित्ने गरी पार्टी परिचालित हुने सुनाइन्।

अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँगको छलफलमा भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई थिए सहभागी थिए।

प्रकाशित: Aug 23, 2021| 14:37 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...