सोमबार, चैत ३०, २०८२

विश्वकपमा तहल्का मच्चाउन सक्ने पाँच तिब्र गतिका बलर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- तिब्र गतिका बलरले पिछल्लो समय  रिवर्स स्विङ्गका कारण धेरै जसो विकेट लिन सकेका छैनन् । जस्तो की १९९० र २००० को सुरुवातमा भइरहेको थियो । यसै कारणले पछिल्लो केही वर्ष यता एकदिवसीय क्रिकेट प्रतियोगितामा ३ सय वा त्यस भन्दा पनि बढी स्कोर भइरहेकको आँकडा छ । 

इंग्ल्यान्डमा हुन लागेको यस विश्वकपमा त्यहाको सुख्खा पिच र गर्मी मौसमका कारण तिब्र गतिका बलरका लागि झनै तुनौतीपूर्ण हुने अनुमान गरिएको छ । तर, केही यस्ता पनि तिब्र गतिका बलर छन् जसले यस विश्वकपमा ब्याट्सम्यानलाई खतरामा पार्न सक्छन् । को हन् त ती पाँचा तिब्र गतिका बलर ।

जसप्रित बुमराह (भारत)

वर्तमान समयमा धेरै जसो क्रिकेट विश्लेषकको नजरमा विश्वका सर्वश्रेष्ठ तिब्र गतिका बलर बुमराह भारतलाई तेस्रो पकट विश्वकपको उपािध जिताउन महत्वपूर्ण भुमिका निभाउन सक्दछन् । एकदिवसीय क्रिकेटमा विश्वको शीर्ष स्थानमा रहेका बुमराह डेथ ओभरका लागि विशेष मानिने गर्दछन् । 

उनको अनअर्थोडोक्स एक्सन र गति तथा वाउन्सले ब्याट्सम्यानलाई दबाबमा ल्याउन सक्छ । बुमराह भर्खरै सम्पन्न आइपिएलमा पनि उच्च लयमा थिए । उनले आइपिएलमा १६ खेल खेल्दै १९ विकेट लिएका छन् । 

कागिसो रबाडा (दक्षिण अफ्रीका)

सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिमेटमा पर्दापर्ण भएसँगै कागिस रबाडाले आफ्नो गती, वाउन्स र स्विङ्गले टिमलाई कैयौ अवसरमा विकेट दिलाएका छन् । उनले आइपिएलको यस सिजनमा दिल्ली क्यापिटल्सबाट खेल्दै मात्र १२ खेलमा २५ विकेट लिए । 

उनी हाल चोटबाट मुक्त हुँदैछन् । यदी दक्षिण अफ्रीकालाई आफूमाथी लागेको आरोपलाई हटाउने हो भने रबाडासँग सँगै डेल स्टोन र क्रिस मोरिसको पनि महत्वपूर्ण भूमिका आवस्यक रहेको छ । 

मिचेल स्टार्क (अष्ट्रेलिया)

बाँया हाते तिब्र गतिका बलर मिचेल स्टार्क अष्ट्रेलियाका लागि उपाधि बचाइराख्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनले पछिल्लो विश्वकपमा २२ विकेट लिँदै प्लियर अफ दि टुर्नामेन्ट भएका थिए । तर, उनी विश्वकप पछि आफ्नो प्रदर्शनलाई लयमा राख्न विफल भएका छन् । पछिल्लो चार वर्षमा उनी कैयौं पटक चोट ग्रस्त भएका छन् । 

ट्रेन्ट बोल्ट (न्युजल्यान्ड)

न्युजल्यान्ड टिमका प्रमुख तिब्र गतिका बलर ट्रेन्ट बोल्टले पछिल्लो विश्वकपमा पनि शानदार प्रदर्शन गरेका थिए । उनी पछिल्लो विश्वकपमा स्टार्कसँगै सर्वाधिक विकेट लिने खेलाडीको स्थानमा थिए । बोल्ट दुनियाको कुनै पनि पिचमा आफ्नो बल दुबैतर्फ घुमाउन सक्ने क्षमता राख्द छन् । तर, हाल उनको प्रदर्शन घट्दो क्रममा रहेको पाइएको छ । 

हसन अली (पाकिस्तान) 

सन् २०१७ सातको आईसीसी च्याम्पियन ट्रफीमा १३ विकेट लिँदै हसन अलीले पाकिप्तानलाई च्याम्पियन बनाउन ठुलो योगदान दिएका थिए । त्यसैले अलीलाई टोलीको आवस्यकता अनुसार बलिङ गर्न सक्ने र आफ्ना कप्तान सरफराज अहमदलाई विकेट दिलाउन सक्ने क्षमता भएको खेलाडीको रुपमा लिइएको छ । उनलेहाल सम्म मात्र ४४ खेलमा ७७ विकेट लिएका छन् । र प्रशिक्षक मिकी आर्थर तथा सरफराजलाई विश्वास छ की अलीले च्याम्पियन ट्रफीको प्रदर्शन विश्वकपमा पनि दोहर्याउने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।