सोमबार, चैत ३०, २०८२

कराँते खेलाडी सम्ममनीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं -  आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना खेलाडीलाई नेपाल क्योकुशिन बुदो कराँते साकाई इन्टरनेशनलले सम्मान गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै सम्मान गरेको हो । 

बैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ६० किलो तौल मुनी स्वर्ण जित्न सफल सन्तोष कुमार लामा, उत्सुबाट स्वर्ण जितेकी विन्दु पुन र रजत विजेता विनोद निरौलालाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको हो । त्यस्तै आठौंमा उत्कृष्ट प्रर्दशन गरेका तर पदक जित्न नसकेका निसा बोहोरा र विनोद थापालाई पनि प्रत्साहन स्वरुप  इन्टरनेशनलले समान्न गर्यो । 

अध्यक्ष भुषण महर्जन, प्रशिक्षक राम बहादुर बमजन, सदस्य तथा पुर्व खेलाडी सोनु महर्जन, महासचिव अजय महर्जन लगातले नगद सहित खादा लगाएर प्रमाण प्रत्र प्रदान गर्दै सम्मान गरेका थिए । त्यस्तै संघले कार्यक्रममा यूकेबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणपत्र  विभिन्न जिल्लाका ३० जना खेलाडीलाई प्रदान गरेको छ । 

राष्ट्रिय प्रमाणपत्र १२ जना खेलाडीलाई प्रदान गरेको थियो । देशभरका १८ जिल्लाबाट ४२ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्टिय प्रमाणपत्र प्राप्त गरेका थिए । क्योकुशिन बुदो कराँते इन्टरनेशनल एक वर्ष अघि स्थानपना भएको थियो । 

एकै वर्षमा इन्टरनेशनलले राम्रो सफलता हात पार्न सफल भएको छ । सम्मानपछि बोल्दै प्रशिक्षक राम बहादुर बमजनले सबै खेलाडीलाई आगमी दिनमा उत्कृष्ट प्रर्दशन गर्न सुझाब दिए । प्रशिक्षक बमजनले खेलाडीलाई निरन्तर मेहिनत गर्न आग्रह पनि गरे । 

क्योकुशिन बुदो करात इन्टरनेशनलका अध्यक्ष भुषण महर्जनले खेलाडीको प्रर्दशनले आफु खुसि र उत्साहित भएको बताए । सबैको सहयोग र साथले यो सफलता हात पारेको भन्दै महर्जनले आफ्नो सम्पूर्ण टिमलाई धन्यावाद दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।