शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पोखराको महेन्द्रपुल क्षेत्रको सडकमा भ्वाङ पर्‍यो, सेती किनारका बस्ती जोखिममा

पोखराको महेन्द्रपुल क्षेत्रको सडकमा भ्वाङ पर्‍यो, सेती किनारका बस्ती जोखिममा

आइतबार रातीको अविरल वर्षापछि सेती नदीको किनारैमा पर्ने पोखरा महानगरपालिका-९ स्थित बजार क्षेत्रको सडक भ्वाङ परेर भासिएकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन्।
 |  सोमबार, भदौ ७, २०७८

विभु भुसाल

विभु भुसाल

सोमबार, भदौ ७, २०७८

पोखरा- पोखराको महेन्द्रपुल बजार क्षेत्रमा सडकमा भ्वाङ परेको छ। आइतबार रातीको अविरल वर्षापछि सेती नदीको किनारैमा पर्ने पोखरा महानगरपालिका-९ स्थित बजार क्षेत्रको सडक भ्वाङ परेर भासिएकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन्।

National life

वडाध्यक्ष रामराज लामिछानेले पोखराको खानेपानी विस्तारमा काम गर्दै आइरहेको जापानी परियोजना (जाईका)ले पाइप बिच्छाउन खनेको कुलोमा पानी जम्मा भएर भासिएको बताए। 'विगतदेखि नै सडक र बस्ती भासिएका कारण यो बजार जोखिममा त छ। तर महानगरपालिकाले केही न केही व्यवस्था गर्नुपर्ने देखिन्छ,’ उनले भने। 

आइतबार राती परेको भ्वाङ सोमबार बिहान बढेको थियो। यद्यपि वरिपरिका मानिस भने ढुक्कैले बसिरहेका छन्। ‘जोखिम त बढेको छ नै। तैपनि मानिसहरू पनि बसिरहेकै छन्, व्यापार पनि चलिरहेको छ,’ वडाध्यक्ष लामिछानेको भनाइ छ। 

विगतका वर्षमा पनि पोखराको नयाँ सडक क्षेत्रमा भ्वाङ परेका थिए। पोखरा महानगरपालिकाको कार्यालय अगाडि नै भ्वाङ परेपनि सम्बन्धित निकाय भने निश्चिन्त रहँदै आएको छ। यस्तै केही वर्ष अगाडि पोखराको अर्मलामा पनि भ्वाङ परेका कारण सिंगो पोखरा बजारलाई नै त्रसित बनाएको थियो। 


Laxmi sunrise bank
kumari

महेन्द्रपुल बजार भौगोलिक रूपमा पनि जोखिमपूर्ण नै मानिन्छ। सेती नदी भासिएर बगेकाको हुनाले पोखराको के आई सिंह पुलदेखि रातोपैह्रोसम्म पर्ने पोखराको पश्चिमी क्षेत्रलाई विज्ञले कमजोर मान्दै आएका छन्। पोखराको के आई सिंह पुलदेखि रातोपैह्रोसम्मका क्षेत्रमा मानव बस्ती छ। यो क्षेत्रमा एक हजार ५ सयभन्दा बढी घर रहेको वडा कार्यालयको भनाइ छ। 

पोखराको सेती नदीको भौगर्भिक अध्ययन गर्दै आइरहेका नारायण गुरुङले पोखराको जमिनको सतहमुनिको भाग कमजोर रहेको बताए। सेतीदेखि पूर्वी भागभन्दा पनि पश्चिमी भाग कमजोर रहेको उनको भनाइ छ। 

पृथ्वीनारायण क्याम्पस भूगोल विभागका प्राध्यापक खगेन्द्र पौडेलले सेती नदीको पश्चिमी गर्भमा सानासाना पानीका दह रहेकाकाले भासिने जोखिम रहेको बताउँछन्। खानी तथा भूगर्भ विभागले सन् १९९८ मा गरेको अध्ययनले यस्तो देखाएको उनको भनाइ छ। 

सेती नदीले जुनसुकै बेला पनि विपद् ल्याउन सक्ने भएकाले सचेतता अपनाउनुपर्ने पौडेल बताउँछन्। अन्नपूर्ण चौथो र माछापुच्छ्रे हिमालको दक्षिणी मोहोडामा रहेका ठूला चट्टान जतिसुकै बेला पनि बजारिन सक्ने र बाढी आउन सक्ने उनको भनाइ छ। यसरी बाढी आए कास्कीको सादलदेखि तनहुँको भिमादसम्म क्षति पुर्‍याउन सक्ने उनले उल्लेख गरे। 

२०६९ सालमा सेतीमा आएको बाढीमा परी २७ जनाभन्दा बढीको ज्यान गएको थियो भने केही बेपत्ता भएका थिए। 

प्रकाशित: Aug 23, 2021| 14:31 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।