मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विश्वासको मत लिने तयारीमा लुम्बिनी सरकार, विपक्षी भन्छ– बैठक चल्नै दिँदैनौं

विश्वासको मत लिने तयारीमा लुम्बिनी सरकार, विपक्षी भन्छ– बैठक चल्नै दिँदैनौं

प्रदेश सरकारका मन्त्री डिल्ली चौधरीले सरकार विश्वासको मत लिने तयारीमा रहेको बताए। उनले सरकारविरुद्व प्रतिपक्षीले असहिष्णु व्यवहार गरेको आरोप लगाए।
 |  सोमबार, भदौ ७, २०७८

विनोद परियार

विनोद परियार

सोमबार, भदौ ७, २०७८

kumari

बुटवल– लुम्बिनी प्रदेश सरकारले बल प्रयोग गरेरै भए पनि विश्वासको मत लिने मनस्थिति बनाएको छ। प्रदेश सरकारका मन्त्री डिल्ली चौधरीले सरकार विश्वासको मत लिने तयारीमा रहेको बताए। उनले सरकारविरुद्व प्रतिपक्षीले असहिष्णु व्यवहार गरेको आरोप लगाए।

विपक्षी एमालेका सांसद भने बैठक चल्न नदिने पक्षमा छन्। एमाले संसदीय दलका नेता भूमीश्वर ढकालले सरकारले जे गरे पनि सदन चल्न नदिने बताए। उनले सरकारले २ जना सांसदलाई कारबाही नगरेसम्म अवरोध गर्ने भनाइ राखे। बैठक दिउँसो साढे २ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित: Aug 23, 2021| 14:19 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।