शनिबार, साउन २३, २०८३

कान्तिपुर हाफ म्याराथन जेठ ११ गते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कान्तिपुर पब्लिकेशनद्वारा आयोजना गरिएको ‘कान्तिपुर हाफ म्याराथन’ जेठ ११ गते हुने भएको छ । आयोजक कमिटिले एक पत्रकार सुम्मेलनको आयेजना गर्दै नवौं संस्करणको हाप म्यारथन जेठ ११ गते हुने जानकारी दिएको हो । 

प्रतियोगितामा खेलाडीहरुले हाफ म्याराथन, कर्पोरेट ५ किलोमिटर दौड र ह्विलचियर गरी तीन विधामा प्रतिस्पर्धा गर्ने छन् । हाफ म्याराथन अन्तर्गत पुरुष र महिलातर्फका विजेता खेलाडीले ५० हजार नगद सहित हिरो डुएट स्कुटर प्राप्त गर्ने छन् । 

त्यस्तै उपविजेताले ३० हजार, तेस्रो हुनेले २० हजार चौंथो हुनेले १० हजार, पाँचौ हुनेले ५ हजार र छैठौं हुनेले ३ हजार नगद प्राप्त गर्ने छन् । हाफ म्याराथन थापाथलीस्थित कान्तिपुरको केन्द्रिय कार्यालयबाट सुरु भई थापाथली, माइतिघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर सोहिबाटो हुँदै केन्द्रिय कार्यालयमै आएर टुङ्गिने छ । 

गत वर्ष हाफ म्याराथनको उपाधि हरिकुमार रिमाल र कान्छीमाया कोजुले जितका थिए । यसअघि सम्पन् भएका आठ संस्करण मध्यमा कान्छीमायाले ५ पटक हाफ मयाराथनलेको उपािध जितेकी छिन् भने चार पटक हरिकुमारले जितेका छन् । 

कर्पोरेटतर्फका महिला र पुरुष विजेताले बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज पाउने छन् । त्यस्तै दोस्रो हुनेले २ रात र ३ दिन प्याकृज प्राप्त गर्ने छन् । तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकेट प्राप्त गर्ने छन् । 

त्यस्तै ह्विलचियरतर्फको महिला र पुरुष विजेता खेलाडीले २० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।