सोमबार, चैत ३०, २०८२

रियलमा बेलको यस्तो छ अन्तिम चाहना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ग्यारेथ बेलले रियल मड्रिडमा रहेर ला लिगाका छ सिजन बिताए । छ सिजनमा उनले रियललाई १३ महत्वपूर्ण उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरे । तर यतिबेला उनी ला लिगाबाट बाहिरिने सोचमा छन् । उनी टिमबाट रहरले भने बाहिरिन लागेका होइनन् । टिमका प्रशिक्षक जिनेदिन जिदानसँग बिबाद भएपछि उनलाई टिममा बस्न असज भएको हो । 

यसअघि जिदान रियलको प्रशिक्षक हुदाँ पनि दुबैबीच मनमुटाव भएको चर्चा चलेको थियो । बीचमा जिदान टोलीको प्रशिक्षकबाट बाहिरिएपछि बेल टोलीको पहिलो रोजाइमा पर्दौ आएका थिए । तर, जिदान पुनः रियलको प्रशिक्षको रुपमा नियुक्त भएपछि उनीहरुबीचको बिबाद सहतमा आएको छ । प्रशिक्षकसँग नै मनकुटमव भएपछि टिममा बसेर खेलीरहन उपयुक्त हुने नठानेका बेलले टिमबाट बाहिरिन लागेका हुन् । 

उनीहरुको बिबाद सतहमा पुगेको कुरा प्रशिक्षक जिदानले यस अघिका दुई खेलमा बेललाई नराख्नुले प्रस्ट भएको छ । प्रतिकुल अवस्थाका बावजुद् पनि टिमका लागि लामो योगदान रहेको बताउँदै बेलले सिजनको अन्तिम खेल खेलेर बाहिरिने इच्छा व्यक्त गरेका छन् । 

रियलले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल आइतबार खेल्दै छ । उक्त खेलमा बेलले खेल्ने इच्छा जाहेर गरेका हुन् । तर, प्रशिक्षक जिदानसँगको बिबादका कारण टिममा पर्ने नपर्ने भने टुङ्गो छैन् । 

सन् २०१३-१४ को सिजनमा टोटनहामबाट कीर्तिमान मुल्य ८६ मिलियन पाउण्डमा रियल भित्रिएका बेल हाल रियलबाट बाहिरिने १४ खेलाडीको शीर्ष स्थानमा रहेका छन् । उनले हाल सम्म रियलका लागि सबै खाले २३१ खेल खेल्दै १०२ गोल गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।