शनिबार, साउन २३, २०८३

डिबाला युभेन्ट्सबाट बिहिरिदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई यस सिजनको अन्त्यमा इटालीयन सिरी ए क्लब युभेन्ट्स छोड्न उनका भाई गुस्ताभोले सुझाव दिएका छन् । ‘डिबाला ठुलो परिवर्तन चाहन्छन् । उनी युभेन्ट्समा सन्तुस्ट छन् । तर, उनी अन्य खेलाडी जस्तै इटलीमा धेरै बस्न चाहदैनन्,’ गुस्ताभोले भने, ‘उनी एक्लो खेलाडी भने हैनन् । जसले युभेन्ट्स छोड्दै छन् ।’

स्ट्राइकार डिबालालाई एट्लेटिको मड्रिड जान सक्ने बताइएको छ । उनलाई एट्लेटिकोमा एन्टोनी ग्रिजमनको परिवर्तनको रुपमा हेरिएको छ । ग्रिजमनले यसअघीनै सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका छन् । 

डिबालालाई अन्य युरोपियन क्लबले पनि अनुबन्ध गर्न चाहेको खुलासा भएको छ । उनलाई एट्लेटिकोसँग बार्यन म्युनिख, म्यानचेस्टर युनाइटेड र पिएसजीले पनि चहेको खुलासा भएको हो । डिबालाको युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीसँग राम्रो सम्बन्ध नरहेको समेत बताइएको छ । 

प्रशिक्षक एलेग्रीका कारण रोनाल्डोको आगमनसँगै यस सिजन उनको खेल समयमा प्रभावित भएको जनाएको छ । यस सिजन उनले युभेन्ट्समा रोनाल्डोको सहायकको भुमिका निभाएका छन् । उनले यस सिजन सिरी ए का मात्र २८ खेल खेल्दै ५ गोल गरेका छन् । गत सिजन उनले ३३ खेलमा २२ गोल गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।