सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्साले सामुएलको स्थानमा आयाक्स कप्तान म्याथिज भित्र्याउने

बार्साले सामुएलको स्थानमा आयाक्स कप्तान म्याथिज भित्र्याउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-स्पेनिस महारथी क्लब बार्सिलोनाले यतीबेला डच क्लब आयाक्सका कप्तान म्याथिज डि लिटलाई अनुबन्ध गर्न तयार रहेको बाइएको छ । पछिल्लो समय उच्च लयमा देखिएका १९ वर्षीय आजाक्सका युवा कप्तान म्याथिजलाई अनुबन्ध गर्न बार्सिलोना आतुर रहेको बताइएको हो । 

बर्सिलोनाले म्याथिजलाई आफ्ना फ्रन्सेली सेन्टर–ब्याक सामुएल उमटिटीबो स्थानमा भित्र्याउन लागेको खुलासा भएको छ । यतिबेला म्याथिजलाई अनुबन्ध गर्न बार्सिलोना मात्र नभई अन्य इङ्लिस क्लबले पनि चासो देखाएको छ । तर, म्याथिजले क्लब छोड्नेबारे निर्णय लिन कठिन भएको बताएका छन् । 

उनले जारी सिजनका मात्र आयाक्सका लागि सबै खाले ५५ खेल खेले । उनको कप्तानीमा आयाक्सले यो सिजनमा दुई वटा घरेलु लिगको उपाधि र च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । 

यता बार्सिलोनाका सामुएलले जारी सिजनको ला लिगामा मात्र १३ खेल खेलेका छन् । उनले जारी सिजनमा बार्साका लागि सबै खाले १४ खेल खेलका छन् । त्यस्तैले पनि यस सिजनको अन्त्यमा बार्सिलोना सामुएललाई बेच्दै उनको स्थानमा आयाक्सका युवा कप्तान म्याथिजलाई अनुबन्ध गर्न इच्छा देखाएको जनाएको छ । बार्सिलोनाले आयाक्सका फ्रेन्किई डे जोङलदाई भने यसअघि नै ७५ मिलियन युरोपमा अनुबन्धित गरिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।