शुक्रबार, जेठ १, २०८३

'सुनसान रातमा' भेटिए  प्रियंका र निराजन (भिडियो) 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - 'फुलेर फुल', 'अरुले भन्दा', 'तिम्रो हातमा' जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत 'सुनसान रातमा' सार्वजनिक गरेका छन्। हाल अमेरिका रहेका गायक प्रनिम आफ्नो बेस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढी रहेका छन्। 

सेन्टिमेन्टल पप भर्सनको 'सुनसान रातमा' बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन्। 

गीतको भिडियोमा प्रियंका कार्की, निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन्। गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्